8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

सभापति बन्न देउवालाई ११ मत पुगेन, दोस्रो चरणको चुनाव हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

matparidam२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनावमा पहिलो भएका छन् । तर, ११ भोटले सभापति बन्न भने चुकेका छन् । अब दोस्रो चरणको चुनाव हुनेछ ।

अब सोमबार हुने दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । कांग्रेसको विधानमा सभापति हुन बुहमत (५० प्लस एक) आवश्यक पर्ने व्यवस्था भएकाले विजयी हुने १ हजार ५७५ मत चाहिन्थ्यो ।

तर, देउवाले १ हजार ५६४ मत ल्याए भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १५४ मत ल्याएका छन् । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत मात्र ल्याएका छन् । १ सय १  मत भने बदर भएको छ ।

अब दोस्रो चरणको चुनावमा सिटौला उम्मेदवार हुने छैनन् । देउवा र पाैडेलबीच हुने प्रतिस्पर्धामा ५१ प्रतिशत मत नल्याए पनि जसले बढी मत ल्याउँछ, उही विजेता हुने कांग्रेसको विधानमा व्यवस्था छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!