8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

बाबु र श्रीमान् एउटै पदको उम्मेदवार भएपछि गगनकी श्रीमतीले लेखिन यस्तो स्टाटस

- Advertisement -
- Advertisement -spot_imgspot_img

एउटै परिवारभित्र पनि फरक फरक राजनीतिक आस्था र विचार हुनु स्वभाविक हो ।
यसअघि सबैभन्दा धेरै मत ल्याएर खुल्ला केन्द्रीय सदस्य पदमा चुनाव जितेका गगन थापा र अर्जुन नरसिंह केसी यसपाली पनि एउटै पद महामन्त्रीमा भिडेका छन् ।

कसले बाजी मार्ने हो, त्यो पछिको कुरा हो । तर दुवै जना एउटै पदमा उम्मेदवार बनेपछि परिवारका सदस्यहरुलाई कस्तो अनुभव भएको होला भन्ने जिज्ञासा सबैमा हुन्छ ।
बाबुसँगै आफ्नो श्रीमान् महामन्त्रीमा उम्मेदवार लडेपछि गगन थापाकी श्रीमती तथा अर्जुन नरसिंह केसीकी छोरी अञ्जना केसी आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् ।
उनले दुवैजना आत्माविश्वासका साथ चुनावी मैदानमा गएको तर दुवै जनालाई सजिलो भने नरहेको बताएकी छन् । यद्धपि उनले दुवैजना आफ्ना कार्यकर्ताले विश्वास गरेका योग्य उम्मेदवार भएको उल्लेख गरेकी छन् ।
उनले फेसबुक स्टाटसमा लेखेकी छन्, ‘यस निर्वाचनको परिणाम त मलाई थाहा छैन तर म आज दुवै जनाका लागि प्रार्थना गरिरहेकी छु ।’

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!