8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

भारतीय नेता नितिसले यसो भने………..

- Advertisement -
- Advertisement -spot_imgspot_img

बिहारका मुख्यमन्त्री नीतिशकुमारले नेपाल र भारतवीचको सम्बन्ध कुनै हालतमा नटुट्ने बताएका छन् । साथै उनले नेपाल सक्षम राष्ट्र रहेको प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले नेपाल र भारतवीचको सम्बन्ध धेरै पुरानो भएकाले यो सम्बन्ध कुनै पनि हालतमा नटुट्ने बताएका छन् ।

भारत र नेपालवीचका सबै समस्याहरु आपसी छलफलबाटै समाधान गर्न सकिने उनले बताए । कांग्रेसको अधिवेशनमा भारतका कम्युनिष्ट, समाजवादी दल लगायत विभिन्न पार्टीको उपस्थिति रहेको बताउँदै नीतिशले नेपालको प्रगतिमा सिंगो भारतको साथ रहने बताए ।

वीपी कोइरालाको भारतीय नेता लोहिया लगायतसँग सम्बन्ध रहेको र उनी नेपाल र्फकंदा पटना विमानस्थलबाट आफूले विदाइ गरेको स्मरण गर्दै नीतिशले नेपालमा अहिले गणतन्त्र र लोकतन्त्र रहेको बताए । र, नेपाल हरेक समस्या समाधानमा आफैं सक्षम रहेको उनले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!