8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

काँग्रेस १३ औं महाधिवेशन आजदेखि, यस्तो छ कार्यतालिका…

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली काँग्रेसको १३ औं महाधिवशेन आज (विहीबार)देखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनका क्रममा काठमाडौं सहर चारतारे झण्डाले दुलही झै सिंगारिएको छ । महाधिवेशनको उदघाटनस्थल रंगीचंगी बनाइएको छ । महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न उम्मेद्वारहरुले तुल र ब्यानरले रंगी बिरंगी बनाउन थालेका छन् ।

यस्तो छ महाधिवेशनको कार्यक्रम

महाधिवेशनको उदघाटन आज दिउँसो १ बजे खुलामञ्चमा हुनेछ । यस्तै आजै निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।
आजै बिहान ८ बजेदेखि अपराहृन ५ बजेसम्मलाई उम्मेद्वारी दर्ताको समय तय गरिएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन भने भोलि फागुन २१ गते बिहान ११ बजे हुनेछ ।nepali-congress-flag
प्रकाशित नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ । त्यसमा दाबी विरोधका लागि २ बजेदेखि ४ बजेसम्म समय तोकिएको छ । निर्वाचन समितिमा परेको दाबी विरोधका आधारमा निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ २१ गते बेलुका ६ बजेसम्म गरिनेछ ।

उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजेदेखि बिहान ११ बजेसम्मको समय तोकेको छ । उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा यी सूचना प्रकाशित हुने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो । मतदान भने राष्ट्रिय सभागृहमा हुने भएको छ । फागुन २३ गते बिहान ८ बजेदेखि अपराहृन ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!