8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

काँग्रेसमा ज्वाई ससुराको लडाई : कसले जित्ला बाजी ? केसी र थापाको भिडन्त

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा संस्थापन भनिएका कार्यबाहक सभापति रामचन्द्र पौडेलविरुद्ध उत्रिएका कृष्णप्रसाद सिटौला र बरिष्ठ नेता शेरबहादुर देउवाको दुई छुट्टाछुट्टै प्यानलबाट महामन्त्रीमा ज्वाइँ–ससुराको प्रतिष्पर्धा हुने भएको छ ।

पौडेलका बागी भनिएका सिटौलाले महामन्त्रीमा युवा नेता गगन थापालाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरेपछि देउवाले गगनकै ससुरा अर्जुननरसिंह केसीलाई महामन्त्री बनाउने भएका हुन् । जसले गर्दा ज्वाइँ–ससुराको सम्बन्ध विग्रने अड्कल काटिए पनि उनीहरुको प्रतिष्पर्धाले सिटौला र देउवामध्ये कसलाई अन्तरघात हुन्छ भन्ने आशंका कांग्रेस वृत्तमा चल्न थालेको छ ।

केसीले ज्वाईलाई जिताएर राजनीतिबाट विश्राम लिन चाहन्छ वा गगनले आफूभन्दा बरिष्ठ ससुरालाई जिताएर आफू अर्को अधिवेशनका लागि मार्ग प्रशस्त गर्दैछन् भन्ने केही दिनमा थाहा हुनेछ ।

दुई फरक प्यानलबाट महामन्त्रीका उमेद्वार ज्वाई गगन र ससुरा अर्जुननरसिंहबीचको पारिवारिक सम्बन्ध पनि अहिलेसम्म राम्रो छ । राम्रो सम्बन्ध रहेका ज्वाइँ–ससुरा दुवै महामन्त्रीका लागि लालायित भए पनि आफ्नो पारिवारिक सम्बन्ध विगार्न नचाहने दुबैलाई नजिकबाट चिन्नेहरु बताउँछन् । गगन-अर्जुननरसिंहबीचको प्रतिष्पर्धा रोमाञ्चक हुन्छ वा कोमाथि अन्तरघात होला भन्ने आशंका ब्याप्त छ ।

पौडेलले शशांकलाई महामन्त्री दिएपछि सिटौलाले गगनलाई महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । राजनितिक बृत्तमा कांग्रेस महामन्त्रीका दाबेदार केसी र थापाबीचको यो प्रतिष्पर्धाले कांग्रेस नेता कार्यकर्ताहरुलाई गम्भीर आशंकाहरु पैदा गरिदिएको छ ।

तर अहिलेसम्म ज्वाई र ससुरा दुबैले कुनै पनि हालतमा आफू पछि नहट्ने बताएका छन् । महाधिवेशनको एक दिनअघि बुधबार संस्थापनपक्षकै तीन जनाले छुट्टाछुट्टै पार्टी सभापतिसहितको प्यानल घोषणा गरेका छन् भने देउवाको अनौपचारिक घोषणा बाहिर आएको छ ।

सिटौला प्यानलबाट महामन्त्रीका उमेद्बार थापाले युबा पुस्ताको प्रतिनिधित्व गदै आफू उम्मेदवार भएको बताउदै जित नजिक रहेको बताएका छन् ।

उता देउवा प्यानलका महामन्त्रीका दाबेदार केसीले आफूले लामो समयदेखि नेपाली

gagan and arjun-750

कांग्रेसमा गरेको योगदानको कदर हुने बताउदै आगामी नीति तथा कार्यक्रमलाई समाजबादमैत्री बनाउन उमेद्बार बनेको उल्लेख गरेका छन् ।

उता कार्यबाहक सभापति रामचन्द्र पौडेलले कोइराला परिवारको हात लिन भन्दै शशांक कोइरालालाई महामन्त्री दिए पनि कोइराला परिवारभित्रै पौडेलप्रति सन्तुष्टी देखिएन भने गिरिजाबाबुको समयदेखि नै भारतसँग राम्रो सम्बन्ध बनाएका सिटौलाले गगन थापाजस्ता युवाहरुलाई हात लिएर अघि बढेपछि रोमाञ्चक प्रतिपष्र्धा देखिएको छ । जसलाई कांग्रेसले पार्टीभित्रको लोकतन्त्रको रुपमा परिभाषित गर्दै आएका छन् ।

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!