8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

सुजाता सभापतिमा उम्मेदवारी नदिने, पौडेललाई समर्थन , यस्तो छ देउवाको प्यानल

- Advertisement -
- Advertisement -spot_imgspot_img

काग्रेसको १३ औ महाधिवेशनमा नयाँ नेतृत्वकोलागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी सुजाता कोइरालाले उम्मेदवारी दर्ता नगर्ने भएकी छन्् । उनले कार्यबाहक सभापति रामचन्द्र पौडेललाई समर्थन गर्नेृ भएकी छन् ।पौडेल र नेतृ कोइरालावीच साझा उम्मेदवारीको विषयमा तीन बुँदे सहमति भएपछि उनले समर्थन गर्ने पक्का भएको छ । Congress-flagआजै उनले पौडेललाई समर्थन गरेका जानकारी गराउने तयारी भएको छ । अब महाधिवेसनमा सभापतिका लागि त्रिपक्षीय भिडन्त मात्रै हुने भएको छ ।१३ औं महाधिवेशनमा नेतृत्व प्रत्यासी शेरबहादुर देउवाले आज प्यानल घोषणा गर्ने भएका छन् । देउवा निकट नेता मीनबहादुर विश्वकर्माका अनुसार बिहान ११ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गर्ने छन् । देउवा सभापति, अर्जुननरसिंह केसी महामन्त्री र चित्रलेखा यादव कोषाध्यक्षकारुपमा उम्मेदवार हुने भएका छन् ।संस्थापन समूहबाट बुधबार नै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका अलग अलग प्यानल घोषणा भएका छन् । पौडेल सभापति प्रत्यासी रहेको समूहमा सशांक कोइराला महामन्त्रीका उम्मेदवार छन् । पौडेलले कोषाध्यक्ष भने टुंगो लागेको छैन ।सिटौला सभापति प्रत्यासी रहेको समूहमा गगन थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्ष छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!