8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

बाँध फुट्ने खतरा, १५ लाख मान्छेको ज्यान जोखिममा

- Advertisement -
- Advertisement -spot_imgspot_img

इराकमा ठूलो बाँध फुट्ने खतरा बढेपछि १५ लाख मान्छेको ज्यान जोखिममा परेको छ । इराकको मोसुलमा रहेको बाँध फुट्ने खतरा बढ्दै गएको छ । बग्दातमा रहेको अमेरिकी दूतावासका अनुसार मोसुल बाँध फुटेमा १५ लाख भन्दा धेरै मानिस प्रभावित हुनछन् । धेरैको नागरिकको मृत्यु हुन सक्ने वीवीसीले जनाएको छ । सन् २०१४ मा ११ दिन बाँधमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले कब्जा जमाएको थियो ।160202140829_mosul_dam_640x360_ap_nocredit

यसका कारण मर्मतको काम हुन सकेको थिएन । बाँध फुटेमा टिगरिस नदीको आसपासमा बसोबास गर्दै आएका १५ लाख भन्दा धेरै मानिस प्रभावित हुने र बाढीका कारा उनीहरुको मृत्यु हुन सक्ने दूतावासले चेतावनी दिएको वीवीसीमा खबर छ ।

मोसुल तथा टिकरिटका बासिन्दालाई सुरक्षित रहनका लागि लागि ६ किलोमिटर पर जानु पर्नेछ । सन् १९८४ मा निमार्ण भएको मोसुल बाँध इराकको सबैभन्दा ठूलो बाँध हो । तर निर्माण भएदेखि नै यसमा केही कमजोरी रहेको बताउने गरिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!