27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 04:23

TRENDING .

बाबुको हत्या गर्ने क्रुर छोरी

- Advertisement -

आमा र दाजुको पनि हत्या योजना

संगीताले २० माघमा भाडामा अपराधी लगाएर घरेलु हातहतियार प्रयोग गरी बुबाको हत्या गरेकी हुन् । सोही दिन आमा र दाजुको समेत हत्या गर्ने योजना उनको थियो । तर, भाडामा लिइएका युवकहरू डराएर भागेपछि उनको योजना पूरा भएन । हत्याको २० दिनपछि प्रहरीले संगीता र उनका श्रीमान् सन्तोष पाण्डे र अन्य पाँचजना अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

संगीताले दुई वर्षअघि नुवाकोट सुन्दरादेवीका सन्तोष पाण्डेसँग परिवारको सहमतिविना प्रेम–बिहे गरेकी थिइन् । तर, माइतीसँग दाइजोस्वरूप पैसा माग्दै आएकी थिइन् । पटक–पटक माग्दा पनि पैसा नपाएपछि उनले माइतीका आमा, बुबा र दाजुको हत्या गरी सम्पत्ति हात पार्न खोजेको डिएसपी दीपक रेग्मीले बताए । टोखाको धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले हत्या योजना बनाएकी थिइन् ।

माइतीबाट पैसा नपाएपछि संगीताले माइतबाट बुबाको जग्गाको लालपुर्जासमेत चोरेर लगिन् । तर, धितो राखेर पैसा निकाल्न सकिनन् । प्रहरीका अनुसार ब्युटिपार्लर खोल्न उनले बुबासँग पैसा माग्दा आएकी थिइन् । जग्गा बेचेर पैसा दिने आश्वासन बुबाको थियो । तर, पछिल्लो समय ‘भागेर गएकी छोरीलाई जग्गा दिन्नँ, छोरालाई चाहिन्छ’ भन्ने जवाफ बाबुले दिएपछि उनले हत्याको योजना बनाएकी हुन् ।

यसरी सुरु गर्‍यो प्रहरीले अनुसन्धान

टोखाको साङलेखोलानजिकै बगरमा २१ माघमा ४३ वर्षीय माइला महर्जनको शव भेटिएको थियो । रिसइबीमा उनको हत्या भएको हुनसक्ने आँकलनसहित प्रहरीले अनुसन्धान थाल्यो । अघिल्लो दिन संगीताले नै घर निर्माणको कामबारे छलफल गर्न भनेर बुबालाई लगेको थाहा भएपछि प्रहरीले छोरीबाटै अनुसन्धान सुरु गर्‍यो ।

संगीताले पछिल्लो समय घन्टौँ कुरा गर्ने एक युवकको नम्बर प्रहरीले पत्ता लगायो । ‘त्यो नम्बर कसको हो नानी भनेर सोध्दा, खोइ मलाई थाहा छैन भनिन्,’ डिएसपी रेग्मी भन्छन्, ‘हरेक दिन लामो समय कुरा हुने व्यक्तिबारे नै थाहा छैन भनेपछि हामी चकित भयौँ ।’

प्रहरीले संगीतासँग सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी थाल्यो र विक्रम लामालाई पक्राउ गर्‍यो । लामाले प्रहरीलाई सबै कहानी बताइदिए । प्रहरीले संगीतालाई फेरि पक्राउ गर्‍यो । त्यसपछि पनि उनले आफूलाई केही थाहा नभएको भन्दै रुखो जवाफ फर्काइन् । पक्राउ परेका अभियुक्तले ‘तिमीले नै सुरुमा बुबाको मुखमा धुलो छर्केको होइन ? मेरो हातबाट हम्मर झरेपछि तिमीले टिपेर मलाई पैसा नदिने तैँ होइन भन्दै टाउकोमा हानेको होइन ?’ भनेर सोधेपछि संगीता ढाँट्ने अवस्थामा भइनन् । तर, पश्चाताप पनि गरिनन् । बरु आमा र दाजुको हत्या योजनामा असफल भएकोमा बेखुसी देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार छोरीकै मिलेमतोमा श्रीमान्को हत्या भएको आशंका आमाले पहिले नै गरेकी थिइन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्