8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

तेस्रो नवलपरासी महोत्सव लाग्ने

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको कावासोती नगरपालीका डण्डामा तेस्रो नवलपरासी महोत्सव लाग्ने भएको छ । नवलपुर उद्योग बाणिज्य संघ कावासोतीको आयोजनामा आगामी माघ २६ गते देखि फाल्गुण ५ गते नवलपरासी महोत्सव हुने शुक्रबार कावासोतीमा पत्रकार सम्मेलन मार्फत नवलपुर उद्योग बाणिज्ज संघले जानकारी गराएको थियो । ‘कृषि, पर्यटन, उद्योग र व्यापार आर्थिक समृद्धिको सफल आधार’ भन्ने मूल नाराकासाथ आयोजना हुने महोत्सवका लागि तयारी तिव्र पारिएको नवलपुर उद्योग बाणिज्ज संघका अध्यक्ष ओम प्रकास पौडेलले जानकारी दिए । स्थानीय कला, सँस्कृति, भेषभुषाको संरक्षण, संवद्र्धन तथा प्रचार–प्रसार, स्थानीय कृषि उपजहरुको बजारीकरण, विभिन्न पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन र प्रचार–प्रसारमा टेवा पु¥याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको संघका माह सचिब हरिचन्द्र प्रोख्रेलले जानकारी दिएका छन् । P1080806
नवलपरासी जिल्लाको पर्यटकीय क्षेत्र अमलटारी , रुदैपुर , नरायणी नदी , देबचुली , मैलाकालीका , दाउन्ने र नवलपरासी जिल्लाको बिशेष गरि नवलपुर क्षेत्रको जैविक विविधता प्रती उद्योग र लगानिकर्तालाई आकर्षित बनाउने र स्थानिय कला साहित्य , संस्कृती एवम् पर्यटकीय स्थलको विकासमा प्रचार–प्रसार गरि पर्यटकहरु भित्र्याउने पर्यटकीय विकासमा टेवा पुग्ने आयोजकको विश्वास गरेको छ । स्थानीय राष्ट्रिय एवम्र अन्तराष्ट्रिय बजारमा उत्पादित बस्तु तथा सेवाको कलात्मक प्रर्दशनि गरी ब्यापक प्रचार प्रसार गर्ने र उत्पादित प्रविधिको क्षेत्रका उपलब्धीको स्थानिय जनमानसमा जानकारी दिने र यस क्षेत्रको कृषि उत्पादनका दिगो प्रभाब दिने आयोजकले जनाएको छ ।
करीब २ सय स्टल रहने महोत्समा ७५ लाखको कारोबार गर्ने र करीब महोत्सब संचालन गर्न ४५ लाख रुपैया खर्च लाग्ने महोत्सब आयोजक समितिका प्रबक्ता एवंम नवलपुर उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष शलिकाराम ढकालले जाकारी दिनुभयो । मेलमा तेस्रो नवलपरासी डान्स आईडिएल, जिल्लामा उत्पादित कृर्षी उपाजको पर्दशनी, बाल उद्यान, हेलिकप्टरबाट रुद्रपुरदेखि नारायणीनदी सम्मको टुर प्याकेज, लगाएत बिबिध सास्कृतिक कार्यक्रम समेत संचालन हुने छ । महोत्सबको करीब १ लाख ५० हजार दर्शकहरुले अबलोकन गर्ने भन्र्दै महोत्सब सफल बनाउन सबैलको सहयोगको अपेक्षा गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रसाद पौडेलले बताउनुभयो । २०६५ सालमा नवलपुरमा पहिलो पटक महोत्सब आयोजना गरेको बाणिज्य संघले तेस्रो पटक महोत्सब आयोजना गर्न लागेको हो । अहिले महोत्सबको तयारीलाई तिब्रता दिईएको आयोजकले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!