8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

बडामहारानी रत्नकै छैन नागरिकता

- Advertisement -
- Advertisement -spot_imgspot_img

पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको नागरिकता नभएको खुलेको छ । खानेपानीको लाइन कटेपछि आफ्नो नाममा निवेदन दिँदा पूर्वमुमाबडामहारानी रत्नले आफूसँग नागरिकता नभएको बताएको नेपाल समाचारपत्रमा खबर छ । ‘म त सबैकी रानी भएकाले किन नागरिकता बनाउने ?’ भन्दै रत्नले आफ्नै कर्मचारीलाई प्रश्न गरेकी थिइन् ।

८८ वर्ष उमेर पुगेकी रत्नको हालसम्म नागरिकता नभएपछि महेन्द्र मञ्जिलमा आफ्नै नाममा बत्ती, पानी र टेलिफोनको लाइन जोड्न समस्या भएको हो ।

तत्कालीन राजन महेन्द्रले आफ्नो परिवारका सदस्य १६ वर्ष पुग्नासाथ दरबारमै गएर नागरिकता बनाउने प्रचलन थियो । सबै राजपरिवारका सदस्यको नागरिकता बनाउँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी दरबारमै जाने चलन थियो ।

नागरिकताको प्रसंग चल्दा रत्नले आफूले नागरिकता बनाउन कहिल्यै स्वीकार गरिनन । झन्डै ९ दशक पुगेकी रतनलाई आफूले नागरिकता नबनाएको विषयमा कुनै सुर्ता नभएको बताएकी छन् । अधिकांश काम गर्दा विश्वासिलो कर्मचारी र परिवारको सदस्यको नागरिकता प्रयोग गर्ने गरेको उनले बताएकी छन् ।

रत्नको निवासमा धारा काटिएको ६ वर्ष भएको छ भने विद्युतको बक्यौता ३३ लाख पुगेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!