8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नवलपरासीन मोर्चाका नेताहरुले उद्योगहरुबाट रकम असुलेको आरोप

- Advertisement -
- Advertisement -spot_imgspot_img

मोर्चाका क्षेत्रिय संयोजक र केन्द्रिय सदस्यबाट राजिनामा

परासी, पुस ः

आर्थिक प्रलोभनमा परि आफु अनुकुल बन्दको कार्यक्रमलाई परिमार्जन गर्ने गरेको भन्दै कार्यकर्ताहरु नवलपरासीका मोर्चाका नेताहरुसँग रुष्ट बनेका छन् । केन्द्रिय कार्यक्रमलाई अवज्ञा गर्दै जिल्लामा आफुखुसि कार्यक्रम गर्ने र आफ्नो स्वार्थ पूरा गर्न कार्यकर्तालाई परिचालन गर्ने गरेको उनीहरुको आरोप छ । मोर्चाका कार्यकर्ताहरुले जिल्लाका विभिन्न उद्योगहरुसँग रकम असुलेर बन्दको कार्यक्रमलाई परिमार्जन गरेको भन्दै विहिवार मोर्चाका एक क्षेत्रिय संयोजकले जिम्मेवारीबाट राजिनामा दिएका छन् । त्यसरी राजिनामा दिनेमा संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका क्षेत्र नं. ६ का संयोजक रामऔतार कोईरी छन् । नेताहरु आन्दोलनभन्दा व्यक्तिगत स्वार्थमा लागेको भन्दै उनले आफु आबद्ध राजनीतिक पार्टीको केन्द्रिय सदस्य पदबाट पनि राजिनामा दिएका छन् । उनी महेन्द्र यादव केन्द्रिय अध्यक्ष रहेको तराई मधेस सद्भावना पार्टीका केन्द्रिय सदस्यसमेत हुन् । कोईरीले विहिवार विज्ञप्ती निकालेर दुवै पदबाट राजिनामा दिएको जनाएका हुन ।
विज्ञप्तीमा केन्द्रले १९ गतेसम्म आन्दोलन थप गरेको भएपनि जिल्लामा भने नेताहरु विभिन्न मालिकहरुसँग बाट रकम लिएर उद्योग चलाउन दिएको आरोप लगाईएको छ ।उनले जिल्लाको बाग्मती, इन्दिरा र लुम्बिनी चिनी उद्योगसँगबाट रकम लिएको आरोप विज्ञप्तीमा लगाएका छन् ।
१९ गते केन्द्रको निर्णय नपर्खि अन्य पसल, सवारीसाधन र उद्योगहरु सञ्चालन गर्न दिएको भन्दै मनपरी गरेर आन्दोलनको मर्म विपरित हिड्ने मोर्चामा आफु बस्न उचित नठानेको उनको भनाई थियो ।
यसअघि पनि पटक पटक मोर्चाका केही नेताहरुले उद्योगहरुबाट रकम लिएर बन्दको समयमा रातारात मालबहाक ट्रक पठाउने गरेको आरोप लाग्दै आएको थियो ।
आर्थिक प्रलोभन र रकम असुलेको बारे मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले कोईरीले बदनाम गराउन आरोप लगाएको बताए । सबै क्षेत्रबाट आन्दोलनलाई खुकुलो बनाउन आग्रह गरिएकाले मोर्चाको विस्तारित बैठकमार्फत् सबै उद्योग, यातायात, पसल व्यवसाय सञ्चालन गर्न दिएको उनले बताए । आन्दोलनका कारण बन्द रहेको परासीसहित दक्षिणभेगको सबै क्षेत्र मोर्चाले विहिवारदेखि खुला गरेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

8 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!