खगराज सापकोटा
९ मंसीर कावासोती
नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले मधेशी मोर्चाको माग बारे सरकार र आफ्नो पार्टी बेखवर रहेको भन्दै आफ्ना माग स्पस्ट पार्न आग्रह गर्नुभएको छ । प्रेस चौतारी नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोख्रेलले यस्तो वताउनुभएको हो । नेता पोख्रेलले मधेशी दलहरुको आन्दोलन सिमाङकन , नागरिकता वा पहिचानको के के कुरामा चित्त नवुझेको हो सो कुरा समेत स्पस्ट नभईकन आन्दोलनमा जानुले शंका उत्पन्न भएको वताउनुभयो । साथै आन्दोलन अराजक वन्दै गए सरकारले आफ्नो दरीलो उपस्थिती जनाउने समेत चेतावनी दिनुभयो । पत्रकारको जिज्ञासा मेट्दै पोख्रेलले चिन संग इन्धन सम्झौता छिट्टै हुने र यो अभाव हटेर जाने वताउनुभयो । यसैगरी स्वाभिमानका लागि आत्मनिर्भर आवश्यक रहेको भन्दै सवै एक भएर राष्ट्रिय सवाभिमानका लागि आत्मनिर्भर तर्फ उन्मुख हुनुपर्ने वताउनुभयो ।