8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

स्कुल खोल्न माग गर्दै विद्यार्थीहरुद्धारा परासीमा प्रदर्शन

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा
परासी, मंसिर ः शैक्षिक संस्था खुला गर्न माग गर्दै विद्यार्थीहरुले नवलपरासीको सदरमुकाम परासीमा प्रदर्शन गरेका छन् । मधेसमा भएको आन्दोलनका कारण लामो समयदेखि पठनपाठन हुँदा आफुहरुको भविश्य अन्यौलमा परेको भन्दै विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।
शैक्षिक क्षेत्रलाई राजनीतिबाट टाढा राख्न माग गर्दै विद्यार्थीहरुले सरकारले पनि आन्दोलनरत पक्षका माग पूरा गर्नतर्फ तत्काल लागेर लामो समयसम्म मधेसमा देखिएको अन्यौलता अन्त्य गर्न माग गरेका थिए । आफुहरुको प्रदर्शन कुनै दल र सरकारप्रति लक्षित नभएको भन्दै विद्यार्थीहरुले पढ्न पाउने वातावरण सृजना गर्नका लागी दबाब दिन बाध्य भएर सडकमा उत्रिएको बताएका छन् । उनीहरुले भूकम्पबाट बन्द भएका स्कुलहरु फेरी बन्द हड्तालले सुचारु हुन नसक्दा भविश्य अन्धकार भएको बताएका छन् ।
संयुक्त मधेसी मोर्चाको केन्द्रिय समितिले बिहानी सत्रमा स्कुल सञ्चालन खुला गर्ने जनाएपनि परासीमा भने जिल्ला तहको नेतृत्वले त्यसको कार्यान्वयन नगरेर पठनपाठन ठप्प पारेका छन् ।
तिहार र छठ पर्वका लागी बन्द खुला गरेका आन्दोलनरत मधेस केन्द्रित दलहरुले पुन ः मंसिर ५ गतेदेखि बन्दको आव्हान गरेका छन् । जसका कारण परासी क्षेत्र र दक्षिणभेगका सबै क्षेत्र ठप्प छन् । साउन २५ देखि दाउन्ने पश्चिमा रहेको परासी क्षेत्र बन्दहुँदै आएको छ । तर राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव छैन । विगतको बन्दमा पनि स्कुल नखोलेर आलोचित भन्दै आएका मोर्चाका कार्यकर्ताहरुले चौतर्फी दबाब पछि डेढ महिना पश्चात स्कुल सञ्चालन गर्न दिएको थियो ।
त्यस समय स्कुल खुलेपछि पूरा हुन नसकेका कोर्सलाई समय मिलाएर अघि बढाउने रुटिङ विद्यालयहरुले बनाएका थिए । लामो समयपछि स्कुल जान पाएका विद्यार्थीहरु पढ्न पाएकोमा खुसि देखिन्थे तर फेरी भएको बन्दले विद्यालय सञ्चालकदेखि विद्यार्थी र अभिभावकहरु सबै निराश बनेका छन् । अहिले भने केन्द्रिय समितिले निर्णय गरेपनि जिल्ला तहमा स्कुल सञ्चालन गर्न नदिने निर्णय गरिएको मोर्चाले जनाएको छ । स्कुल खोल्दा बालबच्चा पु¥याउन भन्दै मोटरसाईकल चलाउने र क्रमशः यातायात सञ्चालन हुन सक्ने भएकाले पठनपाठन बन्द गरिएको मोर्चाको तर्क छ । बन्दका कारण परासीसहित दक्षिणभेगका करिब १ सय ६० बढी विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ ।

4cab2098bf0f68980d6cb2907e8d11&n=33&h=190&w=283

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!