24.1 C
Kathmandu
Thursday, May 2, 2024
Flowers in Chania

निजी गाडीलाई तेल नदिने तयारी, सार्वजनिक सवारी प्राथमिकतामा

- Advertisement -Flowers in Chania

Petrol-line-16रविन्द्र घिमिरे

१३, असोज, काठमाडौं । सरकारले निजी सवारी साधनहरुलाई पनि कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुर्नविचार गर्ने भएको छ ।

भारतले अघोषित नाकाबन्दी लगाएपछि इन्धनमा कोटा प्रणाली लगाएको सरकारले अब अत्यावश्यक बाहेकका निजी सबारीलाई तेल बिक्री रोक्ने तयारी गरेको हो ।

बिहीबारदेखि सार्वजनिक सवारीलाई प्राथमिकता दिने सरकारी तयारी छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले यसैविषयमा निर्णय लिन आज बाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, यातायात व्यवस्था विभाग सहित गृहमन्त्रालयको संयुक्त बैठक बस्न लागेको आनइनखबरलाई जानकारी दिए ।

‘निजी सवारीलाई पनि हप्तामा एकपटक तेलदिने निर्णयमा पनि पूर्न बिचार गर्न लागिएको हो’ प्रवक्ता ढकालले भने-‘पेट्रोलियम पदार्थको मौज्दातलाई बचाउन सरकारले आवश्यक कदम चाल्छ ।’

नेपाल आयल निगमले अहिलेकै परिमाणका दैनिक तेल वितरण भइरहेमा स्टक रहेको पेट्रोलले ९ दिन र डिजेलले १४ दिन धानन्ने बताएको छ । ‘अब सार्वजनिक सबवारीलाई तेल वितररणमा प्राथमिकता दिने गरी निर्णय हुनज सक्छ’ ढकालले भने ।

यसअघि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महसांघले तेल वितरण्मा सार्वजनिक सबारीलाई प्राथमिकता दिन माग गरेको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्