24.1 C
Kathmandu
Saturday, April 27, 2024
Flowers in Chania

सञ्चारमन्त्रीले किन गरे भारतको पक्षपोषण ? सन्दर्भ : केबुल नेटवर्कलाई अल्टिमेटम प्रकरण

- Advertisement -Flowers in Chania

Dr.-Minendra-Rijal१३ असोज, काठमाडौं । सीमाक्षेत्रमा नाकाबन्दी लगाएर नेपालको दानापानी रोकिदिएका बेला सञ्चारमन्त्री मिनेन्द्र रिजालले भने भारतको पक्षपोषण गरेका छन् । नाकाबन्दीको विरोधमा भारतीय च्यानलहरु बन्द गरिदिएका केवुल सञ्चालकहरुलाई रिजालले २४ घन्टे अल्टिमेटम सोधेर भारतको पक्षपोषण गरेका हुन् ।

रिजालको भारतप्रेमलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

भारतले नेपालको स्वाधीनतामा हस्तक्षेप गरेको भन्दै केबुल सञ्चालकहरुको संगठनले भारतीय टीभी च्यानलहरु प्रशारण नगर्ने निर्णय लिएको थियो । जसअनुसार मंगलबारदेखि टीभीमा भारतीय च्यानलहरु ठप्प भएका छन् । केवल सञ्चालकहरुको यो कदमलाई जनस्तरमा स्वागत र समर्थन भइरहेका बेला रिजालले भारतीय च्यानलको पक्ष लिएका छन् ।

नेपाल प्रेस काउन्सिलका सदस्य तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विद्यमान नियम-कानूनअनुसार सञ्चारमन्त्रीले केबुल सञ्चालकहरुलाई कारवाही गर्न नसक्ने बताउँछन् ।

श्रेष्ठले  भने, ‘कर नतिरेको वा कुनै नियम तोडेको भए कारवाहीको कुरो आउँथ्यो । तर, भारतीय च्यानल नदेखाएको भनेरै कारवाहीको धम्की दिनु हास्यास्पद कुरा हो ।’

केबुल सञ्चालकहरु स्वतस्फूर्त रुपमा राष्ट्रियताको पक्षमा उभिँदा सरकारले अघोषित रुपमा प्रोत्साहन दिनुपर्नेमा उल्टो काम गरेको श्रेष्ठको भनाइ छ । उनले प्रश्न गरे, ‘जनताले यो कुरालाई स्वागत गरिरहेका छन्, मन्त्रीलाई किन टाउको दुख्यो ? बरु हिम्मत छ भने राष्ट्रियताविरुद्ध विष ओकलिरहेका र साम्प्रदायिक सन्देश फैलाइरहेका टेलिभिजन र एफएम बन्द गरुन् ।’

केवल सञ्चालकहरुलाई चिठी काटेर सञ्चारमन्त्रीले भारतलाई रिझाउने प्रयास गरेको श्रेष्ठको आरोप छ । उनले भने, ‘जसको गुलामी गरेर मन्त्री भएको छ, उसलाई रिझाउन खोज्नु अनौठो होइन । तर, मन्त्रालयले चिठी काट्दैमा केबुल सञ्चालकहरु आत्तिनुपर्दैन ।’

सञ्चारमन्त्री रिजालले दुई दिनअघि कतारको दोहामा पुगेेर भारतले नेपालमा नाकाबन्दी नै नलगाएको जिकिर गरेका थिए । उनले भनेका थिए, ‘हाम्रै कारणले आपूर्ति प्रभावित भएको हो । भारतले नाकाबन्दी गरेको होइन ।’
पत्रकार श्रेष्ठ भन्छन्, ‘विदेशीको स्वार्थमा चल्ने मन्त्रीलाई पदमा बसिरहने हक हुँदैन ।’

को हुन् मन्त्री रिजाल ?

लामो समय अमेरिका बसेर नेपाल फर्केका मिनेन्द्र रिजाल सुरुमा देउवा गुटका नेता थिए । देउवा गुटबाट विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका उनी पछिल्लो समय भारतसित नजिक हुन प्रयासरत छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा विमानस्थलमा रिजालले मोदीकै अगाडि प्रधानमन्त्री सुशील कोइरालालाई पाखुरामा समातेर तानेका थिए । सो विषयलाई लिएर प्रधानमन्त्री कोइरालाले उनलाई बोलाएर झाँको झारेका थिए । पार्टीभित्र अहिले उनी कोइराला गुटमै छन् ।

व्यवसायी हच्किए

सरकारले कारवाही गर्ने चेतावनी दिएपछि केबुल सञ्चालकहरु हच्किएका छन् । राष्ट्रिय केबुल महासंघका अध्यक्ष सूधीर पराजुलीले सरकारले सुरक्षाको प्रत्याभूति दिएमा च्यानलहरु सुचारु गर्न तयार रहेको प्रतिक्रिया दिए । उनले भने, ‘बाहिर हाम्रो कदमको जति स्वागत गरे पनि हामीले सरकारको आदेश नमानेर सुख्खै छैन । तर भोली हिन्दी च्यानल बजाएको भनेर ढुंगा हान्न आए भने हामीले के गर्ने भन्ने जवाफ सरकारले दिनुपर्छ ।’ केबुल व्यवसायी र सञ्चारमन्त्रालयका पदाधिकारीबीच मन्त्रालयमा आजै छलफल हुने भएको छ ।

कारवाही नगर्न युवा संघको चेतावनी

युवा संघ नेपालले भारतीय च्यानलको प्रसारणमा रोक लगाइएको विषयलाई लिएर सरकारले दिएको अल्टिमेटमप्रति खेद व्यक्त गरेको छ । केबुल संस्थाले गरेको निर्णय उपयुक्त भएको उसको ठहर छ ।

संघका प्रवक्ता प्रभातविक्रम कटवालले बुधबार जारी गरेको विज्ञप्तिमा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर असहज स्थिति उत्पन्न गराएको भन्दै नेपाल केवल टेलिभिजन महासङ्घ, डिस होम प्रालि, सिम्पल मिडिया प्रालिलगायत संस्थालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेकामा विरोध जनाइएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्