24.1 C
Kathmandu
Thursday, May 2, 2024
Flowers in Chania

नयाँ संविधानमा भारतले असन्तोष जनायो संवि धानलाई स्वागत नगरी तराईको चिन्ता

- Advertisement -Flowers in Chania

३ असोज, काठमाडौं । नेपालमा नयाँ संविधान घोषणा भएलगतै छिमेकी मुलुक भारतले वक्तव्य जारी गरेको छ । तर, भारतले संविधान घोषणाको स्वागत समेत गरेको छैन ।

भारतीय बिदेशमन्त्री सुष्मा स्वराज । तस्वीरः रासस

संविधान जारी घोषणा भएको केहीबेरममै भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरेको छ । उसको वक्तव्यमा ‘नेपालमा संविधान जारी भएको भएको थाहा भएको’ उल्लेख छ ।

वक्तव्यमा नयाँ संविधानको स्वागत र समर्थनमा कुनै शब्द खर्च नगरी तराईमा जारी आन्दोलनतर्फ बढी चासो व्यक्त गरिएको छ ।

नयाँ संविधान घोषणा भएको विषयमा असन्तोष व्यक्त गरिएको वक्तव्यमा भनिएको छ- ‘भारतसित सीमा जोडिएका कतिपय क्षेत्रको जारी हिंसाप्रति हामी चिन्तित छौं । सबै असन्तुष्टिहरुलाई हिंसारहित वातावरणमा संवादको माध्यमबाट हल गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन आग्रह गर्छौं । हाम्रा राजदूतले नेपालका प्रधानमन्त्रीसित यस सन्दर्भमा कुरा गरिसक्नुभएको छ ।’

भारतले संविधान निर्माणको प्रक्रियामा नेपाललाई सँधै सहयोग गर्दै आएको भन्दै नयाँ संविधानले प्रगति एकता र समृद्धिको आधारशीला खडा गर्ने आशा पनि व्यक्त गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्य​

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्