24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

एशियाका दानवीरको सूचीमा नेपालका विनोद चौ धरी

- Advertisement -Flowers in Chania

२२ भदौ, काठमाडौं । विश्वका अर्बपतिहरु मध्येका एक नेपालका उद्योगपति विनोद चौधरी एशियाका दानवीर व्यक्तिहरुको सूचीमा परेका छन् ।

फोर्ब्स एशियाले हालै मात्र १३ देशका ४० दानवीरको सूची बनाएको छ, जसमा पहिलोपटक नेपालीको नाम समावेश भएको हो ।

दानवीरहरुको सूची बनाउनेे क्रममा एक वर्षमा गरिएको दानलाई मात्रै नहेरेर उनीहरुको विगतको रेकर्ड पनि हेरिएको फोब्र्सले जनाएको छ । ठूला फाउन्डेसन निर्माण गर्ने, ठूला परियोजनाहरु सञ्चालन गर्ने र समाजमा वर्चश्व स्थापित गरिएकाहरुलाई सूचीमा राखिएको फोब्र्सको भनाइ छ ।

समाजसेवामा अत्यधिक उत्साही भएर लागि परेका केहि कम परिचित व्यवसायीहरुलाई पनि सुचीमा स्थान दिइएको छ । साथै समाजसेवाको प्रवर्द्धन गर्न आफ्नो स्टार पावरलाई प्रयोग गर्न सक्षम व्यक्तिहरु पनि सुचीमा छन् ।

६० वर्षीटय चौधरीले नेपालमा गत वैशाखमा आएको विनाशकारी भूकम्पपछि राहत कार्यमा सक्रिय भएर खटेको फोब्र्सले उल्लेख गरेको छ । ‘कम्पनीको प्रधान कार्यालय गम्भीर रुपमा क्षतिगस्त हुनुको बाबजुद उनले आफूले सञ्चालन गरेका आठ विद्यालयहरुमा तत्कालै टहरामा सार्न आदेश दिए र आफ्नो उत्पादन वाई वाई चाउचाउ निःशुल्क वितरण गर्न लगाए । उनले भुकम्पबाट अत्यधिक क्षति भएका १२ जिल्लामा स्वास्थ्य कार्यकर्ताहरुको व्यवस्थापन समेत गरे’ फोब्र्सको विज्ञप्तिमा भनिएको छ-‘त्यसयता उनले सिजी फाउन्डेसनमार्फत भूकम्पपिडितका लागि २५ लाख डलरको सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।’

छिमेकी देश भारतका सात जना एसियाका दानवीरहरुको सूचीमा परेका छन् । फोब्र्सले दानवीरहरुको सूचीमा परेका ४० जनाकै नाम भने सार्वजनिक गरेको छैन ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

31 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्