चैत्र-९, गैडाकोट, बिबेक भण्डारी । नवलपरासीको गैडाकोटकी लक्ष्मी खनालले चितवन भरतपुरको विपि मेमोरीयल क्यानसर अस्पतालले परिक्षणको क्रममा लापर्वाही गरेको आरोप लगाएकी छन । खानालले चैत्र ३ गते आफुलाई घाटिमा समस्या देखिएपछि परिक्षण गराउन क्यानसर अस्पताल पुगेकी थीइन । त्यहाँ अल्टासाउण्ड गर्ने क्रममा घाटिको सट्टा पेटको अल्ट्रा साउण्ड गरेको भन्दै अस्पतालको लापर्वाहि प्रति उनले आक्रोस पोखिन । आफु घाटिको अल्ट्रा साउण्ड गर्न अस्पताल गएको र डक्टरले घाटिको अल्ट्रा साउण्ड नै होला भनि आफुले कुनै बास्ता नगरेको पछि रिपोटमा पेटको अल्ट्रा साउण्ड गरिएको र डा. अनिल कार्किले पुन रिचेक गर्न जान भने पछि आफु पुन अल्ट्रा साउण्ड गर्न परेको बताइन । उनका अनुसार आफुले प्रशासनमा आफ्नो कुरा जानकारी गराउन खोज्दा पनि कुनै संबन्धित व्यक्तिलाई जानकारी गराउन नपाएको बताइन । उनले अस्पतालको चरम लापर्वाहि भएको बताउदै यदि अल्ट्रा साउण्डको सटमा अप्रेशन गरिएको भए आफु अस्पतालकै कारणले ज्यान गुमाउन पर्ने देखिएको बताइन । खनालले क्यान्सर अस्पतालमा विरामीको कुनै वास्ता नगरिएको समेतआरोप लगाइन । उनका अनुसार आफ्नो पालो कुर्न लाइन बस्दा पनि यसमा अस्पतालका आफन्तलाई नै प्रथमिकता दिएको समेत गुनासो गरिन ।