24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

चिसो बढेपछि व्ल्याङ्केट वितरण

- Advertisement -Flowers in Chania

तीन दिनदेखि बढेको चिसोका कारण नवलपरासीको जनजीवन नराम्ररी प्रभावित बनेको छ । जिल्लाको पहाडी क्षेत्रमा कठ्याङ्ग्रिने जाडो बढेको छ  भने तराईमा शितलहर बढेको छ । चिसोबाट सबैभन्दा बढी भूकम्पपीडित प्रभावित छन् । जस्ता र बाँसले बेरेर बसेका भूकम्पपीडितहरु चिसो बढेपछि कष्टकर रुपमा रात बिताउन बाध्य छन् ।  चिसोले भूकम्पपीडितका बृद्ध र बालक बालिकाहरु बढी प्रभावित भएका छन् । उनीहरुका लागी सरकारले दिने भनेको न्यानो कपडा वापतको १० हजार रकम अहिलेसम्म उपलव्ध गराएको छैन । रकम नभएर कपडा किन्न नसकी चिसोमा रात विताउनु परेको गुनासो आएपछि गैंडाकोटका स्थानीय समाजसेवी अमृत भट्टचनले न्यानो कपडा बाँडेका छन् ।  c 1 उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्षसमेत रहेका भट्टचनले आफ्नो व्यक्तिगत लगानीमा विहिवार पाँच लाख बराबरको ब्ल्याङ्केट भूकम्पपीडित गाविसमध्येका पाँच पहाडी गाविसमा बाँडेका हुन । तरुण दल नवलपरासीले आयोजना गरेको कार्यक्रममा उनले राहत स्वरुप व्ल्याङ्क बाँडेका हुन ।  उनले कोटथर, डाँडाझेरी, अर्खला, रतपुर र बुलिङ्गटारका ५ सय घरका भूकम्पपीडितलाई प्रतिघर एउटा व्ल्याङ्केटका दरले बाँडेका हुन् । चिसोले श्वासप्रश्वासका बिरामीसँगै झाडापखालाका बिरामीहरु बढेको पाइएपछि ति गाउँमा उनले पानी सफा गर्ने ७० हजार ट्याव्लेट औषधिसमेत वितरण गरेका थिए । भट्टचन नवलपरासी तरुणदलका अध्यक्षसमेत हुन् । भूकम्पबाट जिल्लामा ८ सय ७५ घर पूर्ण क्षति भएका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्