18.1 C
Kathmandu
Flowers in Chania

घर फेर्न के गरौं बा गजल गीत

- Advertisement -

अस्ट्रेलियामा बसोबास गर्दै आएका कावासाेतीका कृष्ण सापकाेटाले आफ्नो पिता पिताम्वर सापकोटाको ७९औं जन्मदिनको अवसरमा एक गजल गीत ‘घर फेर्न के गरौं बा’ समर्पण गरेका छन्। यस गजलमा उनले पिताको सम्झनामा भावनात्मक शब्दहरू समेटेका छन्। पुष १ गते परेकाे जन्मदीनकाे अवसरमा गजल गीत सार्वजिनक गरेका हुन ।

‘तिम्रा यादहरू सङ्गालेको, घर फेर्न के गरौं बा’, ‘ठूलो सपना देखेर, जन्मे हुर्केको शहर फेर्न के गरौं बा’ जस्ता बोलमा उनी आफ्नो पिताको मायामा पूर्णतया समर्पित देखिन्छन्। कृष्णले यस गजलको अडियो गीत ‘हुलाकी अनलाइन’ मार्फत सार्वजनिक गरेका छन्। गजलमा विदेशमा गएर पनि परिवारको महत्त्वलाई निरन्तर सम्झ्ने भावनाहरू व्यक्त भएका छन्। यस गजलले पिताको माया र ऋणको महत्वलाई अझ बलियो बनाउँछ।

तिम्रा यादहरू सङ्गालेको, घर फेर्न के गरौं बा
ठूलो सपना देखेर, जन्मे हुर्केको शहर फेर्न के गरौं बा

आवसरको खोजीमा, गन्तब्य फेरिने रहेछ,
म बिदेसिने, तिमी एक्लिने, तिम्रो रहर फेर्न के गरौं बा

दुखमा परेसी, आफ्ना आफ्नै रहेनन्
आफ्ना बिनाको यो, थर फेर्न के गरौ बा

फरक यही हो, म जवानीमा तिमी बुढेसकालमा
देश छोड्नेको यो, लहर फेर्न के गरौ बा

के गरौं बा
घर फेर्न के गरौं बा
घर फेर्न के गरौं बा

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्