पश्चिमेली पोसाकमा सजिएकी जुम्लाकी एक महिलाको तस्वीर ब्राजिलको साओ पाउलो सहरमा आयोजित The BEAT Exhibition नामक कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो । कार्यक्रम यहि अक्टोबर महिनाको ९ देखि १९ तारिक सम्म चलेको थियो ।
फोटोपत्रकार तथा समाजशास्त्रका विध्यार्थी राज अधिकारीले जुम्लाको ग्रामीण परिवेशको अध्ययन अनुसन्धानका क्रममा खिचेको यस तस्वीरलाई विदेशी दर्शकहरुले अत्यन्तै रूचाएका छन् । अधिकारी भन्छन् “नेपाली संस्कृति, भेषभुषा र चालचलनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके नेपाली पर्यटनमा अवश्य टेवा पुग्नेछ” ।
यसअघि इटलीमा आयोजित फोटो प्रदर्शनीमा समेत अधिकारीले खिचेको ग्रामीण महिलाको तस्वीर प्रदर्शनमा राखिएको थियो ।