25.1 C
Kathmandu
Flowers in Chania

संविधान तिमी आराम छौ ?

- Advertisement -Flowers in Chania

तिम्रा धाराहरुबाट भुंईमान्छेहरुले प्यास मेट्न नपाउंदा

तिमिलाई पनि कति दु:ख लागेको होला है !!!

तिमिले रचेको प्रस्तावनाको सित्तल छहारीमा तरमाराहरु मात्रै बसेको देख्दा

तिम्रो चित्त कति दुख्यो होला है !!

संविधान….

तिम्रा मौलिक हकहरु ठाडै सुकेको रुख झै भएका छन् ।

तिम्रा निर्देशक सिद्दान्तहरु सौदावाजीमा पेलिएका छन् ।

तिम्रा नीतिहरु देखाउने दाँत भएकाछन् ।

यो सबै आफ्नै अगाडि देख्दा तिम्रो मन कति रोयो होला है !!!

तिमी प्रति भन्नू केही छैन संविधान….

तिमी भित्र लोकतन्त्र छ तर हामी भित्र लोकतान्त्रिक संस्कार छैन ।

तिमी भित्र गणतन्त्र छ तर हामी भित्र गणतान्त्रिक संस्कार छैन ।

तिमि भित्र समावेशिता छ तर हामी भित्र समाबेशी संस्कार छैन ।

तिमी भित्र राष्ट्र छ तर हामी भित्र राष्ट्रियता छैन ।

त्यसैले

अपेक्षाको भारी तिमिलाई बोकाएर,

स्वार्थले रजगज गर्नेहरु नै पापी हुन् । दोसी हुन् ।

संविधान तिमी अक्षर हौ ।

तिमीलाई प्राण प्रतिष्ठा गर्नेहरुले नै तिम्रो प्राण नहरुन् ।

धरै धरै शुभकामना

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्