24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

शाहरुख खानलाई ज्यान मार्ने धम्की, मुम्बई प्रहरीले दियो वाई प्लसको सुरक्षा

- Advertisement -Flowers in Chania

बलिउड अभिनेता शाहरुख खानको ज्यान खतरामा परेको छ। स्रोतलाई उद्धुत गर्दै भारतीय पत्रिका दैनिक भास्करले जनाएअनुसार मुम्बई प्रहरीलाई फिल्म ‘पठान’ र ‘जवान’को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको जानकारी प्राप्त भएको छ।

यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई वाई प्लस सुरक्षा दिएको छ। यो वाई प्लस सुरक्षाअन्तर्गत, ६ जना व्यक्तिगत सुरक्षा अधिकारी र ५ जना हतियारसहितका प्रहरी शाहरुख खानसँग २४ सै घण्टा रहनेछन्। यसअघि शाहरुख खानको सुरक्षाका लागि मुम्बई प्रहरीका दुईजना कन्स्टेबल हरेक पल साथमा रहन्थे। यसअघि अर्का बलिउड स्टार सलमान खानलाई पनि पटक पटक ज्यान मार्ने धम्की आएका थिए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्