बलिउडका किङु अर्थात् शाहरूख खानसँग अचेल कुनै फिल्म छैनन्। पछिल्लो समय आनन्द एल रायको जिरो पछि शाहरूखले कुनै फिल्म साइन गरेका छैनन्। यसले शाहरूखलाई कति असर पारिरहेको छ, त्यो उनै जानून्। उनका फ्यानहरू भने आत्तिइसकेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार शाहरूखका फ्यान उनको आगामी फिल्मको प्रतीक्षामा छन्। उनको ५४ औं जन्मदिनको अवसरमा आफ्ना फ्यानहरूलाई उनले चाँडै नयाँ फिल्म लिएर आउने बताएका थिए। तर अहिलेसम्म उनले कुनै फिल्म घोषणा गरेका छैनन्। किङ शाहरूखका फ्यानहरूले भने आफूहरू धेरै व्यग्र भइसकेको बताएका छन्।
कतिसम्म भने एक फ्यानले त शाहरूखलाई धम्की नै दिएका छन्। शाहरूखले आफ्नो नयाँ फिल्म घोषणा नगरे आत्महत्या नै गर्ने समेत लेखेका छन्। ट्विटरमा उनका फ्यानहरूले शाहरूख नयाँ फिल्म घोषणा गर भन्ने आशयको ट्रेन्ड नै सुरू गरेका छन्।
सायद उस्मान नामका प्रयोगकर्ताले लेखेका छन् खान साहब, अब धेरै भइसक्यो। मैले जिरोपछि कुनै फिल्म हेरेको छैन किनकी कुनै उत्साह नै छैन। अब तपाईंले नै कुनै शुभ खबर दिनुपर्नेछ।
थप लेखिएको छ यदि तपाईंले फिल्म घोषणा गर्नुभएन भने म आत्महत्या गर्नेछु। फेरि भन्दैछु, म आत्महत्या गर्नेछु।
यो सँगै अन्य प्रयोगकर्ताहरूले पनि नयाँ फिल्मको माग गरेका छन्। कसैले ट्विटर छाड्ने त कसैले प्लिज भन्दै अनुरोध गरेका छन्। ट्विटरमा चलिरहेको यो कुराकानीमा शाहरूख खानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। साभार सेतोपाटि