8.1 C
Kathmandu
Flowers in Chania

अक्षयले गरे २५ करोड सहयोग

- Advertisement -

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ । भारतमा पनि कोरोनाका विरामी हजार बढी भैसकेका छन् ।

भारतीय सरकारले यसको रोकथामका लागि २१ दिनको लकडाउन गरिरहेको छ । अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससँग लड्नका लागि सहयोग कोष नै बनाएका छन् ।

यो कोषको निर्माण भएसँगै भारतका विभिन्न व्यक्तिहरुले सहयोगको हात पनि अगाडि बढाएका छन् । यसैविच, बलिउड नायक अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

अक्षयले सबैसँग सहयोगका लागि अपिल समेत गरेका छन् । अक्षयले २५ करोड सहयोग गरेसँगै प्रधानमन्त्री मोदीले उनलाई धन्यवाद समेत दिएका छन् ।
यस्तै, अन्य बलिउड कलाकारले पनि सहयोगको हात अगाडि बढाएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्