27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 05:48

TRENDING .

अक्षयले लिए १२० करोड पारिश्रमिक ?

- Advertisement -

नायक अक्षय कुमारको करिअर यतिबेला बलेको छ । उनले जे छोएपनि हिट हुने अवस्था छ । यसैले पनि अक्षयको हातमा चलचित्रको कुनै अभाव छैन । एक बर्षमा उनका ४ वटा चलचित्र रिलिज भैरहेका छन् ।

उनै, नायक अक्षय कुमारले अभिनय गरेको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा २ सय करोड कमाई गरेको छ । यसैले पनि अक्षयलाई महंगो पारिश्रमिकमा काम गराउन बलिउडका निर्माता तयार छन् । उनै, अक्षय कुमारले एक नयाँ चलचित्र एक सय करोड भन्दा बढी पारिश्रमिकमा साइन गरेका छन् ।

भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, उनले आनन्द एल राइले निर्देशन गर्ने नयाँ चलचित्र १ सय २० करोडमा साइन गरेका छन् । योसँगै अक्षय बलिउडमा सर्वाधिक महंगो पारिश्रमिक लिने कलाकार समेत बनेका छन् ।

यो चलचित्रको घोषणा केही सातामा नै गरिनेछ । यो चलचित्रमा नायिका साराअली खान र नायक धनुषको जोडीलाई पर्दामा देख्न पाइनेछ ।

अक्षयको बजार अहिले हलमा मात्र होइन, डिजिटल दुनियाँमा पनि चम्किएको छ । टेलिभिजन, ओभरसिज बजारमा पनि उनको माग छ । यसैले पनि उनलाई चर्को पारिश्रमिक दिन निर्माता तयार भएका हुन् । यो बर्षको मध्यतिरबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

अक्षयले गरे २५ करोड सहयोग

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ । भारतमा पनि कोरोनाका विरामी हजार बढी भैसकेका छन् ।

साहरुखको सहयोगः राहत कोषमा रकमदेखि ५० हजार पीपीइसम्म’

बलिउड नायक साहरुख खानले कोरोना संक्रमणसँग जुध्नका लागि विभिन्न ७ शिर्षकमा सहयोग गर्ने घोषणा गरेका छन । नायक अक्षय...

शाहरूख खानलाई फ्यानको धम्की नयाँ फिल्म नल्याए आत्महत्या गर्छु

बलिउडका  किङु अर्थात् शाहरूख खानसँग अचेल कुनै फिल्म छैनन्। पछिल्लो समय आनन्द एल रायको जिरो पछि शाहरूखले कुनै फिल्म...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्