गायन क्षेत्रमा बिगत १० वर्ष देखि सर्घषरत एक सर्जक हुन् किष्ण गैरे । पुर्वी नवलपरासीको कावासोती नगरपालिका १७ निवासी ३० वर्षका गैरेले संगीत बाहेक अर्को विकल्प देखेनन् । आफ्ना उमेरका साथी जागिरका लागि धमाधम विदेश जादा पनि उनलाई नेपाली गित संगीतले देश छोड्न दिएन् । गित संगीतबाट नै नेपालमा केही गर्ने हुटहुटीले छाडेन् ।
गित संगीतमा स्थापित हुने हुटहुटीकै कारण उनले अहिले सम्म ७ वटा गित बजारमा ल्याईसकेका छन् । उनले बजारमा ल्याएको ‘आई लब यु, ऐ मायालु ,दशै आयो ,मुटु रेटिन्छ लगाएतका गित छन् । जसमध्य मिटर ब्याजी सम्बन्धि पीडा बोकेको मुटु रेटिन्छ र दशै आयो भन्ने गित दर्शकले अत्याधिक रुचाएको गितमा पर्दछ ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिका–५, कठैडाँडामा जन्मीएका गैरे सानो उमेर देखिनै गित संगीतमा रुचि राख्दथे । बसाईसराई गरेर पुर्वी नवलपरासीको कावासोती आएका गैरे अहिले पनि बाल्यकालमा पाल्पाका डाडांमा गित गाउदै हिडेको सम्झन्छन् । कक्षा चार कक्षामा पढ्दै गाविस स्तरीय लोकगीत प्रतियोगितामा भाग लिएर पाएको पचास रुपैया पुरस्कार उनका लागि उत्साह बन्यो । उनले गित संगीतलाई रमाईलोका लागि मात्र नभई समाज सुधारका लागि सन्देश पनि हुनुपर्ने बताउछन् । २०७४ सालमा ‘माया लाउन जानतले छेक्दैन’ र मिटर ब्याज सम्बन्धि ‘मुटु रेटिन्छ’ सम्बन्धि गित यसको उदाहरण हुन् ।
‘गित संगीत नसा जस्तै हो । एक पटक यसमा लत बसेपछि छुट्न मन लाग्दैन् ।’गैरेले भने,‘पाल्पाको विकट गाउं निस्दी देखिको संगीत मोहले मलाई अरु क्षेत्रमा प्रवेश गर्न मनै लाग्दैन् । मैले गित संगीतलाई समाज सुधारको एक पक्षकोरुपमा लिने गरेको छु ।’ तर , गित संगीतलाई बिशिष्टकृतरुपमा ब्यवसायिक नबनाएर समाज सुधारका लागि बढी लाग्दा स्थापित हुन समय लाग्ने उनको अनुभव छ ।
वर्षौ देखि गित संगीतमा भएपनि नव कलाकार र एउटा गित चर्चित नहुदा सम्म संगीतको साधनाले मात्र यो क्षेत्रमा स्थापित हुन नसकीने उनको भोगाई छ । तर पनि निरन्तर यही क्षेत्रमा नै लागिरहने उनको अडानले संगीत प्रतिको उनको मोह झल्काउदछ । गाउँघरमा आयोजना हुने पूजाआजा, विवाह, सांस्कृतिक कार्यक्रम ,मेला महोत्सवमा गीत गाउँदै आफूलाई निखार्दै अघि बढेका अझै पनि नोपलमा व्यवसायिकतबरले लोकगित संगीत अगाडी बढ्न नसकेको बताउछन् । पाल्पा, नवलपरासी र चितवनका एफएम रेडियोहरूले आयोजना गरेको जिल्लास्तरीय लोकगीत प्रतियोगितामा गित गाएर सुरु भएको संगीत यात्रा अहिले आफ्नै गित संगीत उत्पादन गर्ने कम्पनी स्थापना गर्न पाउदा उनी आफुलाई गौरब गर्दछन् । गित संगीका विभिन्न अवार्ड बाट सम्मानीत गैरे निरन्तर यही पेशामा रहेर काम गर्ने सोचमा छन् ।
‘बिशाल लुम्बिनी’ लोकदोहोरी जुरी अवार्डबाट सम्मानित
‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड तथा सष्टा सम्मानको तेस्रो सस्करण बाट कलाकार तथा पत्रकार सम्मानीत भएका छन् । मंगलबार साँझ सम्पन्न नेपाल चलचित्र बिकास बोर्डको हल चाबहिलमा सम्पन्न तेस्रो सस्करणमा लोकदोहोरी क्षेत्रको विभिन्न विद्यामा अवार्ड तथा सम्मान प्रदान गरीएको हो ।
अवार्ड कार्यक्रममा वर्षको सर्वोत्कृष्ट मौलिक गीत‘मुटु रेटिन्छ’बाट जुरी अवार्ड गायक कृष्ण गैरेले प्राप्त गरे । लोकगायक राजु परियार, सुरेन्द्र गुरुङ, राम चन्द , गायिका सिर्जना विरही थापा, जमुना राना, नायक शितल केसी, संगीत संयोजक राकेश सोनी, पत्रकार कबिराज ढकाल, दिपेन्द्र थापामगर लाई लोक संगीत क्षेत्रको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै सम्मानीत गरीएको विशाल मुभिज प्रालिका अध्यक्ष हुम गैरेले बताए । कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ कार्यक्रम आयोजना गरीएको ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८०’ गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।