25.1 C
Kathmandu
Flowers in Chania

स्वास्थ्य सूचकमा बुलिङटार सर्वोकृष्ट

- Advertisement -Flowers in Chania

पुर्बी नवलपरासीको पूर्व बुलिङटार गाउँपालिका स्वास्थ्य सूचकहरुको आधारमा गण्डकी प्रदेशको सर्वोकृष्ट स्थानीय तह बन्न सफल भएको छ । गण्डकी प्रदेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०८०-०८१ मा खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुरक्षित मातृत्व लगायत विभिन्न ३१ वटा सूचकहरुमा आधारित रहेर गरेको मुल्यांकनमा प्रदेश भित्रका स्थानीय तहहरुमा बुलिङटार गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पोखरामा आयोजित एक कार्यक्रममा गाउँपालिकालाई सम्मान–पत्रद्वारा सम्मानित गर्नु भएको छ । प्रदेश स्तरीय समीक्षा गोष्ठी कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले सम्मान–पत्र ग्रहण गर्नुभयो । सम्मान–पत्र ग्रहण गर्दै गाउँपालिका अध्यक्ष सुनारीले भूगोलको दृष्टिकोणले दुर्गम स्थानमा रहेको भएतापनि स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले प्राप्त गरेको सफलता गौरवको विषय भएको बताउनुभयो । सम्मान कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ, प्रशासन शाखा प्रमुख सिताराम खनाल समेत सहभागी हुनुहुन्थ्यो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्