पृथ्वी चन्द्र जिल्ला अस्पताल पश्चिम नवलपरासीमा मृगौलाको डायलाईसिस सेवा सुरु हुने भएको छ । लुम्विनी प्रदेश सरकारले एक वर्ष अगाडी नै उपकरण र जनशक्ती उपलब्ध गराएर पनि स्थान अभावको कारण सेवा संचालन हुन सकेको थिएन् । अस्पतालले नयां भवन निमार्ण गरेको र पुरानो भवन खाली हुने भएपछि पुरानो भवनमा डायलाईसिस सेवा संचालन गर्न लागिएको हो । उपकरण जडानको लागि प्राविधिक बोलाईएको र केही दिनमा नै सेवा सुरु गर्ने जिल्ला पृथ्वी चन्द्र जिल्ला अस्पताल पश्चिम नवलपरासीका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए । जिल्लामै पहिलो पटक डायलाईसिस सेवा जिल्ला अस्पतालबाट सुरु हुन लागेको हो । जिल्लामा डायलासिस सेवा नहुदा मृगौलाका विरामी रुपन्देही तथा अन्य जिल्लामा उपचारका लागि जानुपर्ने बाध्यता छ । उपकरण भएर पनि सेवा संचालन नगर्दा अस्पताल प्रशासनको चर्को आलोचना हुदै आएको थियो । यसैबीच जिल्ला पृथ्वी चन्द्र अस्पतालले नयां भवन बाट सेवा संचालनमा ल्याएको छ । औपचारिकरुपमा उद्घाटन नभएपनि ५० शैयाको अस्पतालका सबै सेवा नयां भवनबाट नै संचालनमा ल्याईएको हो । १३ करोड ६६ लाख लागतमा भवन निमार्ण भएको छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
