24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

‘बीच्च बीच्चमा ४’ विवादपछि दुर्गेशले ल्याउने भए ‘बहिष्कार’

- Advertisement -Flowers in Chania

गायक एवं मोडल दुर्गेश थापाले ‘बहिष्कार’ बोलको नयाँ गीत ल्याउने तयारी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउने तयारी गरेको जानकारी दिएका छन् । ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ विवादमा तानिएपछि दुर्गेशले ‘बहिष्कार’ गीत ल्याउन लागेका हुन् ।

दुर्गेशले केही दिनअघि ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए । सो गीत ल्याएसँगै उनी त्यसमा प्रयोग भएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोपसहित विवादमा तानिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गीतलाई लिएर दुर्गेशलाई बहिष्कारको निर्णय गर्यो ।

प्रतिष्ठानले बहिष्कारको निर्णय गरेसँगै दुर्गेशले ‘बहिष्कार’ शब्दलाई नै शिर्षक बनाएर गीत सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

दुर्गेशले अनलाइनखबरसँग भने–‘यसअघि पनि मलाई आलु जस्तो गायक भन्दा यही शिर्षकमा गीत सार्वजनिक गरेँ । अहिले ‘बहिष्कार’को कुरा आइरहँदा यही शिर्षकलाई नै लिएर गीत तयार गर्ने सोच बनाएको हुँ ।’ उनले, यो गीत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानप्रति लक्षित गरेर तयार नपार्ने पनि बताएका छन् । अहिले गीतको कन्सेप्ट मात्र तयार भएको उनले बताए । गीतको रेकर्डिङ केही समयमै गर्ने र भदौंको पहिलो साता सार्वजनिक गर्ने तयारी आफूले गरेको थापाको भनाई छ । दुर्गेशले आफूले अहिलेको पुस्ताले जुन खालको गीत खोज्छन्, सोही अनुसार आफू पनि अगाडि बढ्ने गरेको दाबी गरेका छन् ।

फेसबुकमा ‘बहिष्कार’ गीतको पोष्टर सार्वजनिक गर्दै दुर्गेश प्रतिष्ठानले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गुनासो गरेका छन् । प्रतिष्ठानले जबरजस्त शब्दलाई अश्लिल परिभाषित गरेर अर्को शब्दकोष खडा गर्न लागेको समेत आरोप उनले लगाएका छन् ।

प्रतिष्ठानको पदमा बसिसकेका केही अग्रजहरुले समेत विवादित गीत सार्वजनिक गरिसकेको उल्लेख गर्दै दुर्गेशले सो समयमा विरोध नभएकोमा आश्चर्य प्रकट गरेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्