27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 05:01

TRENDING .

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

- Advertisement -

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ, सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा प्रत्येक वर्ष ६० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै, अर्काले गरेको धुम्रपानका असरका कारण विश्वमा प्रत्येक वर्ष करिब छ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालकै सन्दर्भमा पनि कहालीलाग्दो आँकडा छ । भनिन्छ, सुर्तीजन्य पदार्थ सेवनको कारण वर्षेनी हजारौंले ज्यान गुमाइरहेका छन् ।

सुर्तीजन्य पदार्थको कारण सीओपीडी (दीर्घकालीन अवस्थासम्म फोक्सो सुनिनु), टीबी, आज्मा, निमोनियालगायत फोक्सोको क्यान्सरलगायतका समस्या देखापर्ने गर्छ। त्यस्तै,  वायु प्रदूषणका कारण पनि फोक्सोको संक्रमण हुने गर्छ।

विज्ञहरूका अनुसार वायुमा हुने स-साना कण श्वासनली हुँदै फोक्सोमा पुग्छ। जसले गर्दा सास फेर्नमा कठिनाइ हुन्छ । यसले घाँटीको एलर्जी, स्वाँस्वाँ हुने, दम, आस्थामा आदिको समस्या ल्याउँछ।

फोक्सोलाई कसरी सुरक्षित राख्ने ? फोक्सोमा भएको विकार कसरी निकाल्ने ? यसको लागि सबैभन्दा महत्वपूर्ण कुरा त धुम्रपान नगर्नु हो । धुवाँ वा धुलोको असरबाट आफूलाई जोगाउनु हो। अहिले मास्क लगाउने चलन व्यापक छ। खासगरी धुलो वा धुवाँबाट बच्नका लागि मास्क पनि एउटा विकल्प हुन सक्छ।

त्यसैगरी फोक्सोको कार्यक्षमतालाई बढाउन योग खासगरी प्राणायाम विधि एकदमै उपयुक्त हुन्छ । अनुलोम बिलोम, कपालभाती जस्ता प्राणायाम विधिले फोक्सोलाई तन्दुरुस्त र बलियो राख्न सकिन्छ।

बिहान खुला हावामा हिँड्ने वा दौडने, दैनिक गहिरो सास लिने र छाड्ने अभ्यास पनि एकदमै प्रभावकारी हुन्छ। त्यसो त केही यस्ता खानेकुरा छन्, जसले फोक्सोलाई स्वस्थ राख्न सहयोग गर्छ । फोक्सोमा जमेको विकार हटाउन सहयोग गर्छ।

 भिटामीन सी युक्त फलफूल

भिटामिन सी युक्त आहारले फोक्सोलाई सफा बनाउने काम गर्छ। किवी, सुन्तला, कागतीलगायतका अमिलो फलफूलले फोक्सोलाई स्वस्थ र बलियो बनाउँछ।

 ज्वानो

जडिबुटी फोक्सोलाई स्वस्थ राख्नमा धेरै फाइदाजनक छ। त्यस्तै जडीबुटी मध्ये एक हो ज्वानो । यसमा भिटामिन र पोषक तत्व हुन्छ, जसको सेवनले फोक्सोको माध्यमबाट अक्सिजनको प्रवाह सहज हुन्छ ।

पुदिना

पुदिनामा पाइने एन्टीअक्सिडेन्ट फोक्सोलाई स्वस्थ राख्नको लागि लाभदायक हुन्छ । यसले मांसपेसीलाई आराम दिएर श्वासप्रश्वास प्रणालीको बाटोलाई सजिलो बनाइदिन्छ । साथै यसले फोक्सोमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकालेर फोक्सो स्वस्थ बनाउँछ ।

यष्टीमधु (जेठीमधु)

बोलीचालीको भाषामा जेठीमधु भनिने यष्टीमधुको एन्टिइन्फ्लेमेटरी गुणले फोक्सोको संक्रमणलाई टाढा गर्न धेरै मद्धत गर्छ । घाँटी खराब भएमा, सास फेर्न समस्या आदि भएमा मुलेठी चुस्नाले श्वासप्रश्वास प्रणाली सफा हुन्छ । जसकारण फोक्सोले सजिलै आफ्नो काम गर्न थाल्छ ।

अदुवा

दिनमा एकपटक तातो पानीमा अदुवाको रस र थोरै मह मिसाएर पिउनुहोस् । यसले फोक्सोमा जम्मा भएको विषाक्त पदार्थ सजिलैसँग बाहिर निकाल्छ । गर्मीको मौसममा भने यसलाई नपिउनुहोस् ।

अनार

अनारको एन्टीअक्सिडेन्ट फोक्सोमा फैलिएका विषाक्त पदार्थलाई सजिलै सफा गर्छ । नियमित रुपमा दिनमा १ कचौरा अनार खाएमा फोक्सो स्वस्थ हुन्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

गर्भावस्थामा योग

गर्भावस्थामा शारीरिक रुपले सक्रिय र मानसिक रुपले सकारात्मक हुनु जरुरी छ । सक्रियता भनेको समुचित शारीरिक क्रिया हो । गह्रौ वा बोझिलो...

हठयोग : यम, नियम र आसन

हठयोग एक किसिमको योगशाला हो, जसबाट मस्तिष्क र शरीरको सन्तुलन मिलाउन सकिन्छ । यो थुप्रै योगासनको एक पूर्ण शृंखला हो । यसको नियमित अभ्यासले मानसिक शान्ति, स्वस्थ जीवन प्राप्त हुन्छ । यो योगासनले मनलाई शान्त तुल्याएर आत्मको गुप्त शक्ति जागृत गर्दै संकल्पशक्ति बढाउने मद्दत गर्छ ।

कपलभाती प्राणायाम : सरल विधी, अनेक लाभ

त्यसो त कुनैपनि प्राणायाम आफैमा अत्यान्तै लाभदायक छन् । प्राणायामले शरीरमा शुद्ध वायु मिल्छ । फोक्सो, मुटु लगायतका अंगहरुलाई सक्रिय बनाउँछ ।...

अनुलोम विलोम कसरी गर्ने ? के छ फाइदा ?

स्वस्थ एवं तन्दुरुस्त जीवनका लागि योगको नियमित अभ्यास आवश्यक हुन्छ । अतः योग अभ्याससँगै छुटाउन नहुने प्राणायाम हो, अनुलोम विलोम ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्