27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 03:47

TRENDING .

निजी रकेटबाट अन्तरीक्षमा मानिस पठाएर अमेरिकाले रच्यो इतिहास

- Advertisement -

स्पेस एक्सको अन्तरीक्षयान ‘द क्रू ड्रागन’ले नासाका दुईजना अन्तरीक्षयात्रीलाई लिएर अन्तरीक्षको यात्रामा निस्किएको छ ।

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट उक्त अन्तरीक्षयान प्रक्षेपण गरिएको हो । योसँगै अमेरिकाले नौ वर्षपछि आफ्नै भूमिबाट पहिलोपटक मानवयान अन्तरीक्षमा प्रक्षेपण गरेको छ ।

स्पेस एक्सको यो रकेट प्रक्षेपणले अर्को कीर्तिमानसमेत कायम गरेको छ । विश्वमा पहिलोपटक कुनै निजी अन्तरीक्षयानका माध्यमबाट अन्तरीक्षयात्रीहरु इन्टरनेसनल स्पेस स्टेसनका लागि प्रस्थान गरेका छन् ।

स्पेस एक्सको निजी यानबाट नासाका अन्तरीक्षयात्री बब बेनकेन र डग हर्ली अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रको यात्रा गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।

सन् २००० मा स्पेस एक्सको निजी अन्तरीक्षयानबाट अन्तरीक्षमा जानका लागि यी दुईको छनोट भएको थियो । यी दुई अन्तरीक्षयात्रीहरु अहिलेसम्म नासाको तर्फबाट यसअघि दुई-दुई पटक अन्तरीक्षमा पुगिसकेका छन् । नासाको अन्तरीक्षयात्रीको टोलीमा यी सबैभन्दा अनुभवी अन्तरीक्षयात्री हुन् ।

१९ घण्टामा यी दुई अन्तरीक्ष स्टेसनमा पुग्नेछन् ।

यसअघि गत बुधबार पहिलोपटक अन्तरीक्षयान प्रक्षेपणको प्रयास गरिएको भए पनि खराब मौसमका कारण सो दिन स्थगित गरिएको थियो ।

सन् २०११ यता अमेरिकाले पहिलोपटक फ्लोरिडाबाट अन्तरीक्षमा मानिस पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उक्त ऐतिहासिक पलको साक्षी बनेका छन् । अन्तरीक्षयान प्रक्षेपणको दृश्य हेर्नका लागि ट्रम्प फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा पुगेका थिए ।

नासाका प्रशासक जिम ब्राइडेन्स्टाइनका अनुसार रकेट प्रक्षेपणका बेला ट्रम्पले प्रार्थना गरिरहेका थिए ।

उनले भनेका छन्, ‘मैले गडगडाहट सुनेँ तर त्यसबेला मैले केही अरु नै महसुस गरिरहेकेा थिएँ । जब आफ्नो टिम रकेटमा हुन्छ, त्यतिबेला यस्तै महसुस हुन्छ । यो हाम्रो टिम हो । यो अमेरिकाको टिम हो । अहिले हामी निकै कठिन समयबाट गुज्रिरहेका छौँ । तर अन्तरीक्षयान प्रक्षेपणको यो घटनाले मानिसहरुलाई प्रेरणा मिल्नेछ,’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

आइफोन १३ मा पाँच वटा क्यामरा

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ...

टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप

लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले...

गुगलले बन्द गर्‍यो ‘एडसेन्स’ एप

अन्ततः गुगलले एड सेन्स एप बन्द गरेको छ । गत वर्ष नै बन्द गर्ने घोषणा गरिएको Adsense एप गुगलले बल्ल आएर बन्द...

रियलमी फाईभ आई बजारमा

८ माघ, काठमाडौं । बजारमा निकै छोटो अवधिमा फस्टाउन सफल स्मार्ट फोन ब्राण्ड, रियलमीले आफ्नो रियलमीफाईभ सिरिज अन्तर्गतको नयाँ क्वाड् क्यामेरा फोन...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्