27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 01:38

TRENDING .

मस्तिष्कको क्षमता बढाउन बेसार

- Advertisement -
बिबिसी – एक अध्ययनले बेसारले मस्तिष्कको क्षमता बढाउने देखाएको छ । स्टेम सेल रिसर्च एण्ड थेरापी जर्नलमा प्रकाशित अध्ययन अनुसार बेसारमा पाइने एक तत्वले मस्तिष्क कोशिकाको बृद्धि विकास गर्छ । अनुसन्धानकर्ताका अनुसार मुसामा गरिएको यो अनुसन्धानबाट अल्जाइमर र ब्रेन स्ट्रोकको औषधि बनाउन पनि बेसार उपयोगी साबित हुनेछ ।
तापनि अनुसन्धानकर्ताले मानिसका लागि यसको प्रभावकारीता जान्न थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।
जर्मनस्थित इन्स्टिच्युट आफ न्युरो साइन्स एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बेसारमा पाइने ‘टर्मेरोन’ तत्वको अध्ययन गरेका थिए । सुइको माध्यमले मुसामा ‘टर्मेरोन’ दिइएको थियो । ‘टर्मेरोन’ दिएपछि फेरी मुसाको मस्तिष्कको स्क्यान गरिएको थियो । यसले मस्तिष्कको कोशिकाको विकासका लागि मिम्मेदार एक भाग ज्यादा सक्रिय रहेको देखिएको थियो ।
अर्को एक अध्ययनमा ति अनुसन्धानकर्ताले मुसाको नर्भस सिस्टमको स्टेम सेललाई बेसारको ‘टर्मेरोन’को घोलमा डुबाएका थिए । घोलमा डुबाएका कोशिकाहरु मस्तिष्कको अन्य कुनै पनि कोशिकामा बदलिने क्षमता रहेको पाइएको थियो । अनुसन्धानकर्ता टोलिका एक सदस्य डा. मारिया एडेल रुजर भन्छिन् ‘मानिस वा अन्य कुनै विकसित प्राणिमा मस्तिष्कको  ‘रिपेयर’ गर्न सक्ने क्षमता देखिदैन तर माछा र अन्य साना जिवमा यस्तो क्षमता अधिक हुन्छ ।’
अनुसन्धानकर्ताले टर्मेरोनको घोल जति गाढा बनाएका थिए मस्तिष्कको स्टेम सेलमा त्यतिनै मात्रामा विकास भएको पाएका थिए । ती कोशिकाहरु कुनै खास प्रकारका कोशिकामा परिवर्तन हुने प्रक्रिया पनि छरितो रहेको थियो । यसअघि भएको एक अध्ययनले बेसारमा पाइने ‘सर्कुमिन’ तत्व क्यान्सरका लागि लाभदायी र सूजन पनि कम गर्ने देखाएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

स्फूर्ति बढाउन कागती

कागती बहुउपयोगी र गुणकारी फल हो । कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र...

लसुनले लखेट्छ यी रोग

धेरैे लसुनलाई खाना स्वादिस्ट बनाउने मसला ठान्छन् । यस उपादेयता यति मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो...

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्