भदौ ७ गते, कावासोती,
कावासोती ८ मा रहेको आयुर्वेदिक औषाधालयमा सेवाग्राहीको आकर्षण बढेको छ । एलोपेथिक औसधिले छिटो निको हुने बिश्वास भय पनि त्यो भने क्षणिक मात्र हुन्छ तर आयुर्वेदिक औसधि र उपचार ले बिरामी ढिलो निको हुन्छ तर फेरि रोग बल्जिने सम्भावना कम हुने भयकोले आयुर्वेद तर्फ सेवाग्राहीको आकर्षण बढेको कावासोति ८ को आयुर्वेदिक औसाधालयका बैध निरीक्षक गोबिन्द पौडेलले बताय । पौडेलका अनुसार गत आब ७८र७९ भन्दा २०७९र८० मा औसाधालयमा आउने सेवाग्राहीको संख्या बढेको छ ७८र७९ मा ८ हजार ३०० सेवाग्राहीले यश केन्द्रमा सेवा लियका थिय भने७९र८० मा ९हजार ५५१ सेवाग्राही ले सेवा लियको देखिन्छ । औसाधालयमा आउने धेरै जसो दिर्घरोगी सेवाग्राही छन तेहा आउने सेवाग्राहिलाई निसुल्क औसधि समेत उपलब्ध गराईन्छ । आब ७९र८० मा औसाधालयमा ओपिडी सेवा ६ हजार ९२४ र पन्चकर्म तथा आयुर्वेदिक तरिकाले बाफमा सेक्ने १ हजार १३२ जना रहेको तथ्यांकमा देखिन्छ । आयुर्वेदिक औसाधालयमा जेस्ठ नागरिक सेवा , ओपिडी सेवा र गाउघर क्लिनिक सन्चालन गर्दै आयको छ । कावासोती नगरपालिकाले बजेट बिनियोजन गर्दा पछिल्लो समयमा आयुर्वेदिकलाई समेत प्राथमिकता राखेको छ तर पनि जुन सेवाग्राहीको चाप बढदै छ पछिल्ला समयमा थप गर्दै लैजानु पर्ने देखिन्छ । लामो समय देखि औसाधालयमा ३ जना कर्मचारीले सेवा दिदै आय पनि करिब १० हजार सेवाग्राही अघिल्लो आब मा औसाधालय बाट सेवा लियको देखिन्छ । चाप बढदै गय कर्मचारी थप गरि अझै औसाधालयलाई प्रभाब कारी गराउनु पर्ने देखियको छ । कावासोती ८ मा रहेकी आयुर्वेदिक औसाधालयले प्रत्येक महिना कावासोती १६ र ६ मा गाउघर क्लिनिक सन्चालन गर्दै आयको छ यसलाई अझै प्राभाबकारी गराउन अन्य वडामा समेत मासिक क्लिनिक सन्चालन गर्नु पर्ने कावासोती ४ का स्थानिय गोबिन्द भन्डारिले बतायका छन । नगरपालिकाको केन्द्रमा रहेको यो औसाधालय अझै सबै नागरिकको पहुचमा पुर्याउन गाउघर क्लिनिक प्रभाब कारी देखियको छ त्यसको लागि कर्मचारी थप गर्न सके आयुर्वेदको महत्व बढ्ने देखिन्छ ।