24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

एशिया कप खेल्न आज पाकिस्तान जाँदै सन्दिप लामिछाने

- Advertisement -Flowers in Chania

काठमाडाैं भदौ ११-

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्ने भएका छन्। स्पिनर सन्दीप एसिया कपको पहिलो खेल खेल्न आज पाकिस्तानतर्फ जान लागेका हुन्।

१८ वर्षमुनिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन। केही संचार माध्यमले त उनी एशिया कप खेल्न जाने संभावना अत्यन्त कमजोर बनेको लगायतका समाचार दिँदै आएका थिए।

आइतबार जिल्ला अदालत काठमाडौंमा उनी विरुद्धको मुद्दाको पेशी हेर्न नभ्याईनेमा राखेपछि र अर्को पेशी भदौ २१ गतेलाई तोकेपछि उनको एशिया कप यात्रा निश्चित बनेको हो। पाकिस्तान र भारतसँगको खेलपछि मात्रै खेपीरहेको मुद्दाको पेशी परेकाले पनि सन्दीपकोे एशियाकपमा खेल्न जाने मौका मिलेको हो।

मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाएका सन्दीप नेपाली समर्थकको चाहना र आग्रह तथा टिमको आवश्यकतालाई मध्यनजर गर्दै एशियाकपमा जान लागेको बुझ्न सकिन्छ।

भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमी मुल्तानमा खेल्नेछ। यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्