24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

- Advertisement -Flowers in Chania

कावासोती, २९ गते,

श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ। समूह ‘बी’ अन्तर्गत कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन र प्रतिस जिसीले २६ रन जोडे । कुशल मल्ल र अर्जुन साउदले समान १७-१७ रन तथा आशिफ शेखले १२ रन बनाए ।

गुल्सन झाले १३ रन बनाए । कप्तान रोहित पौडेल ४ रन तथा पवन सर्राफ र कुशल भुर्तेल १-१ रनमा आउट भए । भिम सार्की शून्य रनमै पभेलियन फर्किए । पाकिस्तानका लागि शहनवाज दहानीले ४ तथा मोहम्मद वासिमले ४ विकेट लिए । मुवासिर खानले १ विकेट हात पारे ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्