24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक

- Advertisement -Flowers in Chania

चितवन । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को तयारी तीव्र पारिएको छ । लक्की मिडिया हाउस चितवनले असारमा चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारलाई तीव्र बनाएको हो ।

चर्चित नायिका पुजा शर्माले लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक गरेकी छन् । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको हो । लक्की मिडिया हाउसले प्रचार सामाग्री सार्वजनिक गर्ने अभियाननै चलाएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले टिसर्ट मोफसल टुर कार्यक्रममा प्रयोग हुने बताए । मोफसल टुर देशका मुख्य शहरमा पुग्नेछ । पहिलो टुर बाग्लुङ हुने जनाइएको छ । नेपालका मुख्य शहरमा फिल्मी अवार्डबारे जानकारी गराउने अभियान छिटै चल्ने बताए ।

टिसर्ट सार्वजनिक कार्यक्रममा चितवनका युवा उधमी तथा बरिष्ठ समाजसेवी विजय बहादुर घले, बरिष्ठ दन्त चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय सुवेदी “आवाज”, युवा उधमी सुरज तिवारी, अवार्ड कार्यक्रम संयोजक राजेश शर्मा आचार्य लगायतको सहभागिता रहेको थियो । टिसर्ट सौजन्य भरतपुर, मालपोतचोक र गैँडाकोटमा रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रालिले गरेको थियो । विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्