24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

- Advertisement -Flowers in Chania

चितवन २०७९ पुस ११

मनकामना केबलकार तत्कालका लागि बन्द गरिएको छ । केबलकारको प्यानल थाइरेस्टरमा ठूलो क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । त्यो मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ ।

“विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानल थाइरेस्टरमा मा ठूलो क्षति पुग्न गएको कारण र निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहने जानकारी गराउदँछौँ,” कम्पनीले सोमबार बिहान जारी गरेको सूचनामा उल्लेख छ, “यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी गर्दछौँ । यथासक्दो चाँडो सेवा सुचारु गर्नेछौँ ।”अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगत रहने कम्पनीले जानकारी गराएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्