8.1 C
Kathmandu
Flowers in Chania

सुशील पंगेनी र भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो..’ बोलको गित बजारमा

- Advertisement -

गैडाकोट -सर्जक तथा निर्माता सुशील पंगेनी र लोक संगित क्षेत्रका चर्चित शब्द संकलक तथा गायक भगवान भण्डारीले ‘मैले हारे अर्केले जित्यो..’ बोलको गित बजारमा ल्याएका छन् ।

गितमा शब्द, संगीत र लय भगवान भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण, र गोविन्द पराजुली रेकडिष्ट रहेका छन्। यस्तै गितको निर्माता सुशिल पंगेनी र निर्देशन शंकर विशिले गरेका छन् ।

गितमा मायाप्रेमको गाथा बुनिएको छ। आफुँले हदभन्दा बढी माया र बिश्वास गर्ने मान्छे नै टाढा भएपछि आफुले हारेको र अर्कैले जितेको महसुस गितमा समावेश छ। भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको यो गित दर्शकश्रोताको रोजाइमा परेको छ। आम गितसँगितका पारखिहरुबिचमा यो गितले न्याय पाउने र बिगतमा सार्वजनिक गितहरु जस्तै यो गित पनि सबैको मनमुटुमा बसेर सफ बन्ने बिश्वाससमेत गरीएको छ । विदेशी भुमिमा रहे पनि आफ्नो देशको संस्कृती संरक्षणका लागि गीत संगीतमा समर्पीत रहेका गाएक भण्डारी र निर्माता पंगेनी हाल अमेरीकामा बस्छन्। निर्माता पंगेनि पनि निकै लामो समय देखी  गित संगितमा सक्रिय छन्। जहाँ भएपनि नेपाली पन र नेपाली मनसँगै हुने हुनाले नेपाली गीत संगीतमै रमाइरहेको पंगेनीले बताउछन्।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्