23.1 C
Kathmandu

Flowers in Chania

प्रधानमन्त्री दाहालले खुलेरै गरे स्वास्थ्यमन्त्री गगनको प्रशंसा

- Advertisement -

प्रधानमन्त्री पुष्पकमल दाहालले छोटो समयमा स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं वैठकमा सोमबार दाहालले स्वास्थ्य मन्त्री गगन थापाले छोटो समयमा जनताले प्रत्यक्ष अनुभूति पाउने गरी काम गरेको भन्दै थापाको खुलेर प्रशंसा गरे ।

प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्रीले केही महिनाको अन्तरालमै स्वास्थ्य क्षेत्रमा थुप्रै नयाँ आयाम भएको दाबी गरे । ‘मेरो नेतृत्वको सरकार मुलुकमा दिगो शान्ति, सबै क्षेत्रमा सकारात्मक परिवर्तन र शान्ति ल्याउने उद्देश्यले गठन भएको हो,’ प्रधानमन्त्री दाहालले भने, ‘यसलाई स्वास्थ्य मन्त्रीले राम्रोसँग बुझ्नु भएको छ । उहाँ आफैं पनि स्वास्थ्यको पहुँचभन्दा बाहिर जनता रहनु हुँदैन भनेर लाग्नु भएको छ । त्यसैले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय थुप्रै प्रगति भएका छन् ।’ दाहालले स्वास्थ्य क्षेत्रमा भएको प्रगतिले आफू गौरवान्वित भएको बताए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। बैसाख-१२, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्