18.1 C
Kathmandu
Flowers in Chania

फलामको भाँडामा खाना पकाउँदा हुने फाइदा

- Advertisement -

एजेन्सी- धेरैले फलामको भाँडामा खाना बनाउँछन् । जुन हाम्रो परम्पराको एउटा अंश पनि हो । सामान्य नजरले पनि यसलाई राम्रो मानिन्छ । यति मात्रै होइन, यससँग जोडिएका केही स्वास्थ्यका लागि लाभदायक कारण पनि छन् ।

जब हामी फलामको भाँडामा खाना बनाउँछौँ, यसको केही अंश हाम्रो खानामा मिसिएर शरीरमा पुग्छ । जसले रगतमा हेमोग्लाबिनको मात्रा बढाउँछ   जसले गर्दा एनेमिया (रक्तअल्पता)जस्ता समस्या आउनबाट जोगाँउछ ।

पालक र टमाटर जस्ता आइरन भएको तरकारी जब फलामको भाँडामा पकाइन्छ । यीनमा पोषकतत्वको मात्रामा वृद्धि हुन्छ । आजकाल धेरैले खाना राम्रो देखाउनका लागि एल्युमिनियमका भाँडाको प्रयोग गर्छन् ।

तर, लामो समयसम्म यस्ता भाँडामा खाना बनाएर खानाले अपच, पाचन प्रणालीको कार्यक्षमतामा कमी आउने जस्ता समस्या उत्पन्न हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

28 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्