लायन्स क्लव अफ चितवन वाङमयको अध्यक्षमा लिला राना चयन हुनुभएको छ । सोमबार पिप्रहर सामुदायिक होमस्टे देवचुलीमा सम्पन्न छैठौ अबिधेशन तथा काव्य परिक्रमा कार्यक्रमबाट राना सर्वसम्मत रुपमा चयन हुन भएको हो । आगामीकार्य कालका लागी लायन्स क्लव अफ चितवन वाङमयकी प्रथम उपाध्यक्ष रहेकी राना अध्यक्षमा चयन हुनुभएको हो । त्यसैगरी प्रथम उपाध्यक्षमा सुजन अधिकारी द्वितीय उपाध्यक्षमा खिलबहादुर अधिकारी ‘अञ्जली’ सचिवमा राजेन्द्र पौडेल, कोषध्यक्षमा बिदुर अधिकारी, सहसचिवमा राजेन्द्र सिलवाल, सह कोषाध्यक्ष भावना तिमिल्सिना चयन हुनुभएको हो । कार्यक्रम क्लवका अध्यक्ष रामहरि श्रेष्ठ ज्युको अध्यक्षता र पुर्व अध्यक्ष हरि प्रिया रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनमा लायन धन बहादुर मास्की राना, मिरा तिमिल्सिना, सिता सापकोटा, विनिता पौडेल, सदानन्द अभागी लगाएतको सहभागीता रहेको थियो ।