18.1 C
Kathmandu
Flowers in Chania

वन संरक्षणसंगै, आय आर्जन

- Advertisement -


नवलपरासी २३ मंसिर
घनश्याम बगाले । नवलपरासी

पूर्वी नवलपरासी निवासी काेपिला रायमाझी वन संरक्षणका लागि गाेडमेल गर्दा झरेर जाने पात पतिङ्गरबाट समुहले आम्दानी लिने गरेकाे बताउछिन ।
उनकाे समुहले वनबाट खजुरीकाे पात संकलन गरि कुचाे,टेवल म्याट,हाते ब्याग, छत्रे टाेपी लगायतका सामग्री बनाएर गाउँमै बेची रहेकाे छ ।
अहिले जिल्लामा समुदायद्वारा संरक्षित सामुदायिक वनबाट उपभोक्ता समितिकाे सिफारिसमा पात पतिङ्गर जस्ता वन पैदावार बटुलेर जैविक मल, दुना टपरीबाट स्थानीयले अतिरिक्त आय आर्जन गर्न थालेकाछन् ।
यसै बीच शनिवार सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर र ग्रिन फरेष्ट फाउन्डेसन नेपालकाे आयाेजनामा कृषि,वन उद्यम प्रवर्द्धन अन्तर्गत स्थानीय वन उपभोक्ता समूहबाट उत्पादित बस्तुहरूकाे प्रदर्शन गरिएकाे थियाे ।
प्रदर्शनीमा अमला, टिमुरका अचार,त्रिफला तेजपत्ता लगायत जडिबुटी जन्य र अन्य वन पैदावरमा आधारित उद्यमबाट उत्पादित सामाग्रीहरू राखिएकाे थियाे ।
साेही अवसरमा आयाेजित अन्तरक्रियामा भाग लिदै सामुदायिक वन उपभोक्ता महासंघका निवर्तमान अध्यक्ष एवं ग्रिन फाउन्डेसन नेपाल सल्लाहकार प्रदेश सासद भारती पाठकले वन पैदावरबाट असुलिने करमा एकद्वार प्रणाली हुनु पर्ने बताईन् ।
वन पैदावरसंग सम्बद्ध  उद्यमीहरू राज्यलाई कर बुझाउन पछि पर्दैनन् तर स्थानीय,प्रदेश,संघका कार्यालय धाउदै हिड्न नसक्ने हुँदा राज्यले यसमा एकद्वार नीति बनाओस भन्ने पाठककाे कथन छ । 
कार्यक्रममा जिल्ला स्थित डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारीले वन संरक्षण संगै समुदायले वनबाट धेरै आय आर्जन गर्न सक्ने बताए ।
वन पदाधिकारी,सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि,काष्ठ व्यवसायी लगायत सराेकारवाला उपस्थित साे कार्यक्रममा वन उपभोक्ता महासंघ जिल्ला मना भण्डारीकाे अध्यक्षता रहेकाे थियाे ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्