18.1 C
Kathmandu
Flowers in Chania

चौधरी उद्योग र आन्दोलनरत स्थानयिबीच ६ बुंदे सहमति

- Advertisement -


उद्योग प्रशासन र आन्दोलनरत स्थानीयबीच ६ बुदें सहमति भएपछि पूर्वी नवलपरासीको देवचुली नगरपालिका , २ मा रहेको नेपालकै प्रतिष्ठित चौधरी उद्योग ग्रामको मुल गेटमा लगाएको ताला खुलेको छ । स्थानीयले विभिन्न ८ बुदें माग राख्दै एक हप्ता देखि आन्दोलनमा उत्रिएका स्थानीय र उद्योग प्रशासन बीचको वार्तामा सहमति जुटेपछि तालाबन्दी खुलेको हो । जिल्ला समन्वय समितिका प्रमुख वावुराम विश्वकर्मा सहित , आन्दोलनरत पक्ष , देवचुली नगरपालिकाका जनप्रतिनिधी प्रदुषण नियन्त्रणका लागि प्रविधी जडान , सिएसआरको रकम प्रभावित क्षेत्रमा खर्च गर्ने लगाएतका सहमति भएपछि तालाबन्दी खोलेको ककसर्घस समितिका संयोजक ठाकुर प्रसाद शर्माले बताउनुभयो । वर्षौ देखि प्रदुषण नियन्त्रणको लागि माग गरेपनि उद्योग प्रशासनले सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा समस्या बढ्दै गएको भन्दै स्थानीय आन्दोलित भएका थिए । उद्योगबाट निस्कने प्रदुषण नियन्त्रणमा वेवास्था गरेको , उद्योगको धुलो र प्रदुषणले आजित भएका स्थानीयले सोमबार उद्योगको मुल गेटमा नै तालाबन्दी गरेका थिए । समझदारी पत्रमा उद्योगका तर्फबाट बरिष्ठ महाप्रवन्धक रामकाजी सिटौला र सर्घष समतिका तर्फबाट संयोजक ठाकुर प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्