18.1 C
Kathmandu
Flowers in Chania

चौधरी गुप्रको मुल गेटमा तालाबन्दी

- Advertisement -


पूर्वी नवलपरासीको देवचुली नगरपालिका , २ मा रहेको नेपालकै प्रतिष्ठित चौधरी गु्रप उद्योग ग्रामको मुल गेटमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगबाट निस्कने प्रदुषण नियन्त्रणमा वेवास्था गरेको , उद्योगको धुलो र प्रदुषणले आजित भएका स्थानीयले सोमबार उद्योगको मुल गेटमा नै तालाबन्दी गरेका हुन् ।
विगत ५ दिन देखि विभिन्न चरणको आन्दोलन गरेका स्थानीयले आफ्नो माग सम्बोधन गर्न उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योग परिसरमा तालाबन्दी गर्न बाध्य भएको सर्घस समितिका संयोजक ठाकुर प्रसाद शर्माले बताए । वर्षौ देखि प्रदुषण नियन्त्रणको लागि माग गरेपनि उद्योग प्रशासनले सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा समस्या बढ्दै गएको भन्दै माग पुरा नभए थप सर्घषका कार्यक्रम गर्ने स्थानीयले चेतावनी दिएका छन् । मुल गेटमा प्रदर्शन गर्दै स्थानीयले कालो खरानी उडाउन बन्द गर, जल प्रदूषण बन्द गर, स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार सुनिश्चित गर,जनताको स्वास्थ्य माथि खेलबाड गर्न बन्द गर जस्ता नारा लगाएका थिए । सर्घष समतिले विभिन्न ८ बुंदे माग राख्दै आन्दोलमा उत्रिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्