18.1 C
Kathmandu
Flowers in Chania

७ सय १० रुपैया समर्थन मुल्य तोक्न उखु किसानको माग

- Advertisement -


उखु काट्ने समय भएकाले समर्थन मुल्य तत्कालै तोक्न पश्चिम नवलपरासीका किसानले माग गरेका छन् । केही किसानले काट्न सुरु गरीसकेको र अधिकासं किसानको उखुं काट्नका लागि तयारी अवस्थामा भएपनि मुल्य नतोक्दा किसानले उखु काटेका छैनन् । मुल्य तोक्न ढिलाई हुदा उखु काटेका किसानले पुरानै मुल्यमा भेली उद्योग र चिनी उद्योगलाई उखु बिक्री गर्न बाध्य छन् ।
हरेक वर्ष किसानले यही माग लिएर आन्दोलन गर्नुपर्ने अवस्था आउदा समेत सरकारले समयमा नै मुल्य नतोक्दा समस्या बढेको उखु उत्पादक किसान समिति लुम्विनी प्रदेशका अध्यक्ष एवंम प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश चन्द्र यादबले बताए । ‘सरकारले उत्पादन लागतको आधारमा समर्थन मुल्य तोक्नु पर्दछ ।’ उनले भने,‘यो वर्ष कम्तिमा पनि प्रति क्विन्टल ७ सय १० रुपैया मुल्य तोक्नुपर्ने हाम्रो माग हो ।’
मंसीरको पहिलो हप्ता हुदा समेत सरकारले उखुको न्युनतम समर्थन मुल्य नतोकेपछि किसानले सस्तो मुल्यमा उखु क्रसर(भेली उद्योग)लाई उखु बिक्री गर्नु परेको हो । जिल्लामा लुम्विनी सुगर मिल , इन्दिरा सुगर मिल र बागमती खाडंसारी चिनी उद्योग छन् । समयमा नै मुल्य नतोक्ने र भुक्तानी पनि समयमा नहुने भएपछि किसानले वर्षेनी उखु खेती छाड्दै गएका छन् । यस वर्ष नवलपरासीमा करिब २० लाख क्वीन्टल उखु उत्पादन हुने अनुमान छ । केही वर्ष पहिले १२ हजार हेक्टरमा हुदै आएको उखु खेती अहिले ५ हजार हेक्टरमा सीमित भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्