पूर्वी नवलपरासीकाे सदरमुकाम कावासाेतीमा आईतवार मिडियासंग सामाजिक बिकास कार्यक्रम सम्पन्न भएकाे छ ।
सामाजिक बिकास कार्यालयकाे आयाेजना तथा नेपाल पत्रकार महासंघ नवलपुरकाे समन्वयमा सम्पन्न कार्यक्रममा चालू आर्थिक वर्षमा जिल्लामा भए गरेका सामाजिक बिकासका कामहरूकाे चर्चा गरिएकाे थियाे ।
जिल्ला समन्वय समिति नवलपुरकै कार्यकक्षमा समिति प्रमुख बाबुराम विश्वकर्माकाे प्रमुख आतिथ्यतामा भएकाे साे कार्यक्रममा सामाजिक बिकास कार्यालय द्वारा भए गरेका काम,चालू तथा सम्पन्न याेजना, आई परेका चुनाैतीबारे कार्यालय प्रमुख कृष्णप्रसाद पाैडेलले जानकारी दिएका थिए ।
साेही अवसरमा सामाजिक बिकास कार्यालय नवलपुरले जेष्ठ नागरिक, महिला,बालबालिका तथा अपांग, असहाय र बिपन्नका पक्षमा भए गरेका कामलाई जनसमुदाय बीच लैजान मिडियाकाे अहं भूमिका रहने कुरा ओैंलाईएकाे थियाे ।
सामाजिक बिकास कार्यालयले अघि बढाएका ३६ याेजना मध्य २१ याेजना सम्पन्न भईसकेकाे र विभिन्न ८ याेजना कार्यान्वयनकाे चरणमा रहेकाे बताईएकाे छ ।
कार्यक्रममा जिसस प्रमुख बाबुराम विश्वकर्मा,उप प्रमुख शकुन्तला लम्साल ,पत्रकार महासंघ गण्डकी अध्यक्ष नारायण शर्मा,जिल्ला अध्यक्ष बीरेन्द्र पराजुली,डब्लु डब्लु जे का ज्ञानु पंगेनीले मन्तव्य राखेका थिए ।
सामाजिक बिकास कार्यालयका अधिकृत गणेश काेईरालाकाे स्वागत मन्तव्य रहेकाे साे कार्यक्रममा सूचना अधिकारी हरिशंकर शर्माद्वारा सहजिकरण गरिरएकाे थियाे ।
- Advertisement -
- Advertisement -
- Advertisement -