25.1 C
Kathmandu
Flowers in Chania

बर्दघाटमा नमुना औद्योगिक ग्राम स्थापना

- Advertisement -Flowers in Chania

उद्योग बाणीज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले ब्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थको उद्योगलाई प्राथमिकता दिइएको बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाटमा नमुना औद्योगिक ग्रामको शिलान्यास गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । ‘आर्थिक विकास र रोजगारी सिजर्नाको लागि औद्योगिकरण अत्यावश्यक छ । नेपालमा नै उपलब्ध हुने कच्चा पदार्थबाट उत्पादन हुने उद्योगलाई सरकारले पहिलो प्राथमिकता दिनेछ । ’ उनले भने,‘ ब्यापार घाटा कम गर्न बहुराष्ट्रिय कम्पनीलाई नेपालमा लगानीको वातावरण बनाउने र स्वदेशी उद्योगको प्रर्वद्धनमा यस्ता उद्योग ग्रामले सहयोग पुर्याउने छ ।’
औद्योगिक ग्रामको शिलान्यास कार्यक्रममा पश्चिम नवलपरमसी क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य विनोद चौधरीले कुल २१ करोड लगानीमा औद्यँेगिक ग्राम निमार्ण हुने र यसले यत्रतत्र छरीएर रहेका साना उद्यँेग तथा स्थानीय कच्चा पदार्थको प्रयोगबाट संचालन हुने उद्यँेगलाई सहज हुने बताए । आफुले निर्वाचनको समयमा गरेको बाचा अनुसार औद्यँेगिक ग्रामको स्थापनाको लागि पहल गरेको बताउदै यसको दिर्घकालिन संचालनका लागि योजना बनाउने बताए । आर्थिक क्षेत्र प्राधिकरण , नेपाल(सेज)ले बर्दघाट सहित देशभरका २० स्थानमा नमुना औद्योगिक ग्राम स्थापना गर्दै छ । बहुवर्षीय योजना अन्र्तगत चालु आर्थिक वर्षमा तीन करोड रुपैया मात्र विनियोजन भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्