चाडपर्वको समयमा यात्रुलाई पर्ने समस्या समाधानको लागि पूर्वी नवलपरासीको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा सुरक्षित यात्रा र ट्राफिक सचेतनाको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षमा चालकको लागूपदार्थ तथा मादक पदार्थ परिक्षण गरेनगरेको पनि नियमितरूपमा जाँच गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए । जिल्लाको रजहर दलदले, कावासोती, चोरमारा , अरुणखोला , दुम्किबासमा कक्ष स्थापना गरिएको हो । चाडपर्वको समयमा यात्राका क्रममा हुन सक्ने आपराधिक घटना रोक्न, सवारी दुर्घटना न्यूनिकरण गर्ने तथा सवारीमा यात्रुका समस्या बुझ्ने, बढि भाडा लिए नलिएको जाँच गर्ने उद्देश्य छ ।
साथै प्रहरीले सर्वसाधारणलाई ढुक्क भएर पर्व मनाउनका लागि मुख्य राजमार्ग तथा भित्री बस्तीमा पनि प्रहरीको पैदल गस्ती बढाएको छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
