साढे २ महिनामा प्रहरीले उठायो २ करोड ४९ लाख राजश्व

46
Flowers in Chania

हुलाकी अनलाईन
कावासोती , २ असोज २०७८
जिल्ला प्रहरी कार्यालय परासीले साढे दुई महिनाको अवधिमा २ करोड ४९ लाख वरावरको राजश्व संकलन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डि.एस.पीं राजु लामाका अनुसार असार दोस्रोसातादेखि भदौं मसान्त सम्मको अवधिमा भन्सार छलेर भिœयाइएका विभिन्न प्रकारका सामानहरु बरामद गरेर उक्त रकम वरावरको राजश्व संकलन गरिएको हो । प्रहरीले भन्सार छलेर ल्याइएका अवैध मालसामान (हरियो केराउ, बिभिन्न किराना सामान, हार्डवरको सामान, लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा आदि) , अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, श्रोत नखुलेको रकम तथा अवैध काठ समेत जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको जनाएको छ ।
बरामद भएका सामानहरुबाट २ करोड ४९ लाख ४५ हजार २ सय ११ मुल्य बराबरको राजश्व दाखिला भएको छ ।

Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्